वैशाख ११ देखि राष्ट्रपति भण्डारीको राजकीय चीन भ्रमण


६ बैशाख २०७६, शुक्रबार
Bidhya Devi Bhandari

काठमाडौं, ६ वैशाख : राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ११ गतेदेखि चीनको राजकीय भ्रमण गर्ने भएकी छिन् ।

परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै चिनियाँ समकक्षी सी चिनपिङको निमन्त्रणामा भण्डारीले चीनको ९ दिने राजकीय भ्रमण गर्ने जनाएको हो । परराष्ट्र मन्त्रालयले शुक्रबार राष्ट्रपतिको ९ दिने भ्रमण तालिका सार्वजनिक गरेको छ ।

बेइजिङमा भण्डारी बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) को दोस्रो शिखर सम्मेलनमा भाग लिने र सम्बोधन गर्ने कार्यक्रम छ । बिआरआईको दोस्रो शिखर सम्मेलन अप्रिल २५ देखि बेइजिङमा हुँदैछ ।

राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपतिको भ्रमणका क्रममा नेपाल चीन पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर हुने तयारी छ । यस बाहेक राष्ट्रपति भण्डारी चिनियाँ राष्ट्रपतिले आयोजना गर्ने भोजमा पनि सरिक हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपतिको भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, प्रतिनिधिसभाका सांसदहरु, उच्च पदस्थ कर्मचारी, चीनका लागि नेपाली राजदूत, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी रहने छन् ।


के हो बिआरआई ?

बिआरआई चीनले एसिया, अफ्रिका र युरोपलाई जल र जमिनबाट जोड्ने लक्ष्यसाथ ल्याएको परियोजना हो । यसमा नेपालले हस्तक्षार गरीसकेको छ । यसले नेपालको समृद्धिमा सघाउँने अपेक्षा गरिएको छ ।

बिआरआईबाट नेपाललाई समुद्रसम्मको पहुँच प्राप्ति हुनेछ भने आर्थिक गतिविधि बढाउन, दक्षिण तथा मध्य एशियाली देशसँग सम्पर्क र आर्थिक सम्बन्ध बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७