सिटिजन्स बैंकद्वारा सैंबु आवास क्षेत्र उपभोक्ता समितिलाई आर्थिक सहयोग


६ बैशाख २०७६, शुक्रबार
20190419 074809 3kUg1y7pcO

काठमाडौं, ६ चैत । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सैंबु आवास क्षेत्र उपभोक्ता समितिलाई आवास क्षेत्रमा बस बिसौनी निर्माण गर्ने हेतुले आर्थिक सहयोग प्रदान गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल तथा समितिका अध्यक्ष विवेक कार्कीले संयुक्त रूपमा उक्त बस बिसौनीको उद्घाटन गरेका छन् । सहयोगबाट उक्त क्षेत्रमा बसोवास गर्ने आम नागरिकलाई सहज हुने विश्वास बैंकले लिएको जनाएको छ ।

कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकले स्थापना काल देखिनै सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको कुरा जानकारी दिएका थिए ।

समितिका अध्यक्ष कार्कीले बैंकले गरेको सहयोग प्रति आभार व्यक्त गर्दै बैंकको आर्थिक सहयोगमा निर्माण भएको यस बस बिसौनीबाट उक्त क्षेत्रका स्थानियबासी लाभान्वित हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७