नेपाल लाइफ तेस्रो राष्ट्रिय फोटो पत्रकारिता अवार्ड हुने


६ बैशाख २०७६, शुक्रबार
nepal life

काठमाडौं, ६ बैशाख । राष्ट्रिय फोटोपत्रकार समूहद्धारा आयोजना गरिएको राष्ट्रिय फोटोपत्रकारीता अवार्ड २०७५ को लागि मुख्य प्रायोजन नेपाल लाइफ इन्स्योरेन्सले गर्ने भएको छ ।


उक्त कार्यक्रमको नाम “ नेपाल लाइफ इन्स्योरेन्स राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०७५” हुनेछ ।साथै लाइफटाइम अचिभमेन्ट फोटोपत्रकारिता अवार्ड विधा पनि नेपल लाइफ इन्स्योरेन्सको नामबाट वितरण गरिने भएको छ ।

शुक्रबार औपचारिक रुपमा आयोजक संस्थाका संयोजक प्रदीपराज वन्त र प्रायोजक संस्थाको तर्फवाट सूचना तथा ब्रान्ड विभाग प्रमुख मेघेन्द्र प्रकाश गिरी र कर्पोरेट प्रमुख पवन कुमार खड्का बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

लाइफ टाइम अचिभमेन्ट अवार्डबाट एक जना वरिष्ठ फोटोपत्रकारलाई नगद पुरस्कारको राशी ५० हजार नगद सहित ट्रफी र सम्मान पत्रले सम्मानित गरिनेछ । उक्त अवार्ड लगायत अन्य १४ विधाका अवार्ड पुरस्कार होटल अन्नपूर्ण दरबारमार्गमा बैशाख १३ गते विषेश कार्यक्रम गरि बितरण गरने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७