आठौँ राष्ट्रिय खेलकुद : आर्चरी छनोट चरण सम्पन्न


६ बैशाख २०७६, शुक्रबार
achari

काठमाडौं, ६ बैशाख । आठौंअन्तर्गत नवौं राष्ट्रिय आर्चरी प्रतियोगिताको पहिलो दिन विभिन्न स्पर्धाका छनोट चरणका खेलहरु सम्पन्न भएका छन्।

महिला रिकर्भमा आर्मीका ज्ञानु अवाले, आइशा तामाङ र मित्र राई तथा अन्नपूर्ण आर्चरी क्लबकी विष्णुमाया लिम्बूसहित ८ खेलाडीले छनोट चरण पार गरे । उक्त स्पर्धाको पुरुषमा कास्कीका मुकेश तामाङ, आर्मीका रोशन नगरकोटी, कास्कीका अशिम शेरचन, प्रहरीका तिलक पुनसंगै १६ खेलाडीले छनोट चरणमा सफलता पाए।

पुरुष कम्पाउन्डमा कास्कीका जाग्रित गुरुङ र राजेश राणा, थसाङ स्पोर्ट्स क्लब, काठमाडौंका रमेश भट्टचन र बाँकी २ ले छनोटमा सफलता पाए। पुरुष स्ट्यान्डर्ड ३० मिटरमा आर्मीका तविन गुरुङ, बेस्ट आर्चरी क्लब, काठमाडौंका प्रज्ज्वल ताइ, आर्मीका कमल दानी, अन्नपूर्णका राजकुमार छन्यालसहित ३२ खेलाडी छनोट भए।

महिला स्ट्यान्डर्डमा अन्नपूर्णकी अर्चना थापा, एपीएफकी सोनुजया राई, अन्नपूर्णकी अनुशा गुरुङ, आर्मीकी मन्जु बजगाईंसहित १६ खेलाडी छनोट भए। प्रतियोगितामा ८८ खेलाडीले विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगिता आइतबारसम्म चल्नेछ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७