पहिलो विमान दुर्घटनाको संस्मरण : ‘जहाज रुखमा ठोकिएर चूर भएछ’


७ बैशाख २०७६, शनिबार
biman jahaj airport

काठमाडौं, ७ बैसाख । ‘प्लेन टुक्राटुक्रा भई छरिएको थियो । मरेका गिद्ध छरपस्ट थिए । एउटा रुखमाथि प्लेन ठोक्किएको थियो त्यो रुखमा गिद्ध बस्थे ।

प्लेन बज्रिदा बडेमानको त्यो रुख भाँच्चिन पुगेको थियो’, ७५ वर्षअघि नेपाली भूमिमा भएको पहिलो विमान दुर्घटनाका ती दृष्य गोकुलप्रसाद शर्माको स्मरणमा अझै पनि ताजा छ ।

biman jahaj airport

वि. सं. २००१ सालको त्यो घटना । पुस २ गते राति विमान बडेमानको आवाजका साथ बजारियो । सिरहाको भेडियाका गाउँलेले बेलाबखत आकाशमा विमान उडेको देख्ने गरेकै थिए । आफ्नै गाउँ पछाडि रातको समयमा विमान बज्रिएपछि निद्रामा मस्त स्थानीयमा खैलाबैला मच्चिनु स्वभाविक थियो । आगोको मुस्लो देखेपछि उनीहरू घटनास्थलतर्फ कुदाकुद गरे ।

त्यसबेला यातायात र सञ्चार सुविधा नभए पनि विमान खसेको खबर सिरहा बजारसम्म आइपुग्यो, तर खबर आइपुग्न दुई दिन लाग्यो । पुस ८ गतेको गोरखापत्रमा समाचार पनि छापियो, ‘सिरहाबाट करिव चार कोस परतिर पौष २ गते राति अमेरिकन चिनु भएको एउटा हवाइजहाज सय डेढ सय गिद्ध बसिरहेको रुखमा बज्रेर नगिचैको पानीमा गाडिई चूर भएछ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७