अमेरिका र उत्तर कोरियाबीच पुनः वार्ताको पहल : ट्रम्पले पठाए सन्देश


७ बैशाख २०७६, शनिबार
kim 1

काठमाडौं, ७ बैसाख । अमेरिका र उत्तर कोरियाबीच पुनः संवाद हुने भएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीच संवादका लागि पहल शुरु भएपछि दुई मुलुकबीच पुनः वार्ताको सम्भावना बढेको हो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमलाई संवादका लागि सन्देश पठाएका छन् । कोरियाली प्रायद्वीपलाई आणविकरूपमा निःशस्त्रीकरण गराउने पहलस्वरूप राष्ट्रपति ट्रम्पले संवादका लागि सन्देश पठाएको दक्षिण कोरियाली कूटनीतिक स्रोतलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

kim 1

दक्षिण कोरियाका राष्ट्रपति मुन जाइ–इनमार्फत् पठाइएको सन्देशलाई उत्तर कोरियाली नेता किमसम्म पुर्‍याउन ट्रम्पले भनेको स्रोतले जनाएको छ । गत हप्ता भएको शिखर सम्मेलनमा दक्षिण कोरियाली राष्ट्रपति मुनले अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा किमलाई सन्देश पठाइएको र पुनः अमेरिका र उत्तर कोरियाबीचको संवादले निरन्तरता पाउन सक्ने सम्भावना बढेको हो ।

ट्रम्पले कुनै ठोस सुझाव नपठाए पनि वार्ताको सम्भावना प्रवल रहेको र साना साना सहमति हुँदै बृहत् सम्झौताको खाका तयार गर्न सकिने राय ट्रम्पको रहेको बताइएको छ । अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच भियतनामको राजधानी हनोइमा भएको दोस्रो शिखर सम्मेलन लगत्तै मुन–ट्रम्पबीच वासिङ्टनमा भेटवार्ता भएको थियो ।

यद्यपी भेटवार्तामा ट्रम्पले उत्तर कोरियाबारे पठाएको भनिएको सन्देशबारे दक्षिण कोरियाली राष्ट्रपतिबाट कुनै जानकारी सार्वजनिक भएको छैन । तर विश्वस्त स्रोतलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले वासिङ्टनमा भएको मुन–ट्रम्प सम्मेलनले कोरियाली प्रायद्वीपलाई आणविकरूपमा निशस्त्रीकरण गर्न बिस्तृत धारणा ल्याएको र यसमा सिओल र वासिङ्टनको एकमत रहेको जनाएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७