विप्लव नेकपाका दुई केन्द्रीय सदस्यसहित तीन जना पक्राउ


७ बैशाख २०७६, शनिबार
biplaw ncp

रोल्पा, ७ बैसाख । सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका दुई केन्द्रीय सदस्य पक्राउ परेका छन् ।

विप्लवका केन्द्रीय सदस्यहरु चुँडामणि वली ‘आदर्श’ र चन्द्रबहादुर खड्का ‘असल’ लाई प्रहरीले पक्राउ गरेको छ । तुलसीपुरबाट शनिबार बिहानै सल्यानतर्फ जान लागेका उनीहरुलाई दाङको तुलसीपुर उपमहानगरपालिका–३, राम्री भन्ने ठाउँबाट बा १८ च ३१४२ नम्बरको जीपबाट गाडीसहित पक्राउ गरिएको हो ।

यस्तै नेकपाकै रोल्पा जिल्ला सदस्य लालबहादुर वली ‘विश्व’ लाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय दाङमा राखिएको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७