डेरा अगाडि नै रिनाको विभत्स शव फेला, यस्तो अवस्थामा भेटियो भित्रि बस्त्र


७ बैशाख २०७६, शनिबार
hatya

मोरङ, ७ बैसाख । मोरङको पथरी शनिश्चरे नगरपालिका–१ मा एक महिलाको विभत्स शव फेला परेको छ । पथरी बजारमा कस्मेटिक पसल चलाउँदै आएकी २९ वर्षीया रिना बस्नेतको शव विभत्स अवस्थामा भेटिएको हो ।

शुक्रवार राति पथरी बजारमा साँस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । सांस्कृतिक कार्यक्रममा छोरासहित पुगेकी उनी राति घर फर्किएकी थिइन् । बिहान मर्निङ वाक गर्ने क्रममा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

hatya

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोज केसीले महिलाले राति मदिरा सेवन गरेको देखिएको जानकारी दिए । राति मदिरा सेवन गरेर फर्किएकी रिनाको भित्री बस्त्र भने कोठामै भेटिएको प्रहरीले जनाएको छ । ‘राति मदिरा सेवन गरी छोरासँग कोठामा आएको देखिन्छ’ उनले भने, ‘डेरा अगाडि शव भेटिएको हो । प्रहरीले अनुसन्धान गरिरहेको छ ।’

घटना शंकास्पद भएकाले प्रहरीले सूक्ष्म अनुसन्धान शुरु गरेको उनको भनाई छ । प्रहरी स्रोतका अनुसार रिनाको बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका छ । रिनाको टाउकोमा गहिरो चोट पनि देखिन्छ । रिनाका श्रीमान भने बैदेशिक रोजगारीमा छन् । उनी एक छोरासँग डेरामा बस्दै आएकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७