तपाईले फोनमा सुनिरहने आवाज कसको होला ?


७ बैशाख २०७६, शनिबार
bhumika

काठमाडौं, ७ बैसाख । फोन व्यस्त हुँदा, अरू कुनै कारणले सम्पर्क हुन नसक्दा वा अरू जानकारी अथवा सेवा लिन खोज्दा फोनमा महिलाको स्वर बजेको त तपाई हामीले सुनेकै छौं ।

उनीहरूले दिने रेकर्ड गरिएका सन्देश सुनेर केही प्रयोगकर्ताहरू झर्को पनि मान्छन् । केहीलाई भने ती महिला को हुन् भनेर जिज्ञासा पनि उत्पन्न हुन्छ । ‘तपाईले डायल गर्नुभएको नम्बर अहिले व्यस्त छ । केही समयपछि पुनः डायल गर्नुहोला ।’ नेपाल टेलिकममा सुनिने यो स्वर अनुपमा कर्माचार्यको हो ।

bhumika

नेपाल टेलिकमले मोबाइल सेवाका लागि स्वर दिन कलाकारको खोजी गरेको थाहा पाएपछि उनले आफ्नो स्वर रेकर्ड गरेर पठाइन् । अरू केही कलाकारसँगै उनको स्वर पनि छानियो । उनै कर्माचार्यको स्वर अहिले पनि नेपालीमा बजिराख्छ ।

भूमिका थापाले आफ्नो स्वर अङ्ग्रेजीमा दिइन् । पछि सुरु भएको अर्को निजी दूरसञ्चार कम्पनी एनसेलका लागि सुबानी मोक्तानले आफ्नो स्वर दिएकी छन् ।

कर्माचार्यले केही अन्य विज्ञापनमा पनि बोलेकी छन् । हाल उनी नेपाल विद्युत् प्राधिकरणसँग आबद्ध छिन् । भूमिका पहिला रेडियो तथा टेलिभिजनमा कार्यक्रम प्रस्तुत गर्थिन् भने सुबानी गायिका हुन् । बीबीसीबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७