राजपा वार्षिकोत्सव : आफैभित्र अन्योल, कहिले मिल्ला महाधिवेशनका लागि ‘मन’ ?

नेताहरुको गुनासो, ‘सरकारले मधेसको माग सुन्न चासो देखाएन’


७ बैशाख २०७६, शनिबार
rajapa 1

काठमाडौं, ७ बैसाख । राष्ट्रिय जनता पार्टी (राजपा) ले आसन्न महाधिवेशनको अन्योलकै बीच तेस्रो वार्षिकोत्सव मनाएको छ ।

तेस्रो वार्षिकोत्सव मनाई रहँदा पनि राजपा नेताहरुको अभिव्यक्तिले पार्टीको महाधिवेशनबारे फरक–फरक धारणा पस्किरहेको थियो । तर, राजपाका सबै नेताको सरकारप्रतिको बुझाई भन्ने लगभग समान देखिएको थियो ।

rajapa 1

२०७४ वैशाख ७ गते मधेस केन्द्रित विभिन्न ६ पार्टी मिलेर बनेको राजपाले शनिबार काठमाडौंमा तेस्रो वार्षिकोत्सवका अवसरमा एक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले सरकारले मधेसका माग पूरा गर्न चासो नदेखाएको आरोप लगाए । उनले मधेसका मागप्रति बेवास्ता गर्ने सरकारको कार्यशैली निराशाजनक रहेको बताए ।

राजपाले यही वैशाख ७, ८ र ९ गते महाधिवेशनको मिति तय गरे पनि पार्टीभित्रको आपसी मनमुटाव र आवश्यक तयारी हुन नसकेपछि महाधिवेशन स्थगित गरिएको छ । राजपा नेता राजेन्द्र महतोले कुनै पनि हालतमा पार्टीको महाधिवेशन गर्नुपर्ने बताउँदै छिट्टै पदाधिकारी बैठकबाट महाधिवेशनको टुंगो लाग्ने बताएका छन् ।

राजपाका अर्को नेता अनिल झाले पार्टीभित्र कुनै विवाद नभएको बताउँदै केही पदाधिकारीहरुबीच भएको असमझदारी वार्तामार्फत् समाधान गरिने बताए । पार्टीले वैशाख ८ र ९ गते पदाधिकारी बैठक डाकी महाधिवेशन कहिले गर्ने भन्नेबारे निर्णय गर्ने तयारी गरेको छ ।

शरतसिंह भण्डारी, राजेन्द्र महतो र अनिल झा विशेष अधिवेशन गर्ने पक्षमा रहेका छन् भने महेन्द्र राय यादव, राजकिशोर यादव र महन्थ ठाकुर पूर्ण महाधिवेशनको पक्षमा रहेका छन् । यसबारे पदाधिकारी बैठकले टुंगो लगाउने पार्टीले जनाएको छ ।

rajapa

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७