चितवन ३ मा प्रचण्डको अग्रता


२२ मंसिर २०७४, शुक्रबार
Prachanda

चितवन: चितवन(३ को प्रारम्भिक चरणको मतपरिणाम सार्वजनिक भएको छ । चितवनमा ढिला गरि प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना सुरु भएको छ ।Prachanda

भरतपुरस्थित चितवन उच्च माविमा दिउँसो २ बजेदेखि मतगणना सुरु भएको हो । तिन वटै निर्वाचन क्षेत्रको फरक–फरक स्थानमा मतगणना भईरहेको छ ।

मतपरिणाम अनुसार वाम गठबन्धनका माओवादी केन्द्रका प्रचण्डले अग्रता लिएका छन् । प्रचण्डले ८१ मत ल्याएका छन् भने लोकतान्त्रिक गठबन्धनका विक्रम पाण्डेले १९ मत मात्रै पाएका छन् ।
यस्तै चितवन क्षेत्र नः २ को १०० मतगणना हुँदा एमालेका कृष्णभक्त पोखरेलले ६८ र कांग्रेसका शेषनाथ अधिकारीले २७ मत ल्याएका छन् ।
मतगणनास्थल भरतपुरको चितवन माविमा आवश्यक सिसी क्यामेरा, इन्टरनेट तथा बत्तीको व्यवस्थापन गरिएको छ। चितवनमा करिब ७० प्रतिशत मतदान भएको छ । तीन निर्वाचन क्षेत्रमा तीन लाख ५४ हजार ३६ मतदाता थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७