भारतका प्रधानन्यायाधीशमाथि यौन उत्पीडनको आरोप, महिलाले लेखिन् २२ न्यायाधीशलाई यस्तो चिठ्ठी


७ बैशाख २०७६, शनिबार
judge

काठमाडौं, ७ बैसाख । भारतका प्रधानन्यायाधीश रञ्जन गोगोईमाथि यौन उत्पीडनको आरोप लागेको छ । गोगोईमाथि नका पूर्व जुनियर असिस्टेन्टले यौन उत्पीडनको आरोप लगाएकी छिन् ।

शनिबार नै गोगाईको अध्यक्षमा अरुण मिश्रा र संजीव खन्नासहित तीन न्यायाधीशको बेञ्चमा यसबारे छलफल भएको छ । प्रधानन्यायाधीश गोगोईले भने न्यायपालिकाको स्वतन्त्रता गम्भिर खतरामा रहेको र आफूमाथि लागेको आरोप न्यायालयलाई अस्थिर बनाउने ‘ठूलो षड्यन्त्र’ भएको बताएका छन् ।

judge

आफूमाथि यौन उत्पीडनको आरोप लगाउने महिलाको पछाडि ठूलो शक्ति रहेको उनको दाबी छ । उनको दाबी छ कि यदि न्यायाधीशले यस्तो स्थितिमा काम गर्नुपर्‍यो भने राम्रो मानिस यो अफिसमा आउने छैनन् ।

बीबीसी हिन्दीका अनुसार आरोप लगाउने महिलाले सुप्रिम कोर्टका २२ न्यायाधीशलाई एक चिठ्ठी पठाएकी छन्, जसमा गोगोईमाथि यौन उत्पीडन गरेको, यसमा सहमत नभएका कारण जागिरबाट हटाएको र त्यसपछि पनि आफू तथा आफ्नो परिवारलाई अनेक उत्पीडन गरेको आरोप लगाइएको छ ।

भारतको सुप्रिम कोर्टले प्रधानन्यायाधीशमाथि लागेको आरोपबारे रिपोर्टिङ गर्दा संयम र समझदारी कायम राख्न आग्रह गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७