करार शिक्षक नियुक्तको बाटो खुला, सबै जिल्लामा गरियो यस्तो पत्राचार


७ बैशाख २०७६, शनिबार
teacher

काठमाडौं, ७ बैसाख । आन्तरिक प्रतिष्पर्धामा अनुत्तीर्ण भएर वा सेवा अवधि गणना गरेर पैसा लिई गएका शिक्षकका कारण दरबन्दी रिक्त रहेको ठाउँमा करार शिक्षक नियुक्त गर्न सामुदायिक विद्यालयलाई बाटो खुला भएको छ ।

शैक्षिक सत्र शुरु भएकाले विद्यालयमा शिक्षक अभाव हुन नदिन यस्तो निर्देशन दिइएको केन्द्रले जनाएको छ । तर, अहिले रिक्त रहेको दरबन्दीमा अस्थायी शिक्षक नियुक्त गर्दा स्थायी दरबन्दीका शिक्षक आउने वित्तिकै अस्थायी शिक्षकले स्वतः अवकाश पाउने व्यवस्था मिलाउन पनि केन्द्रले पत्रमार्फत् भनेको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै जिल्लाका शिक्षा विकास तथा समन्वय ईकाइलाई शुक्रबार पत्राचार गरेको जनाइएको छ । शिक्षा मन्त्रालयका सचिवको अध्यक्षतामा बसेको बैठकको निर्णय कार्यान्वयनका लागि केन्द्रले पत्राचार गरेको हो ।

sikchhya tatha शिक्षा तथा मानव स्रोत विकास केन्द्र deo

अस्थायी दरबन्दीमा कार्यरत शिक्षकलाई आन्तरिक प्रतिष्पर्धा गराएर आयोगले केही बाहेक अधिकांशको नतिजा प्रकाशन गरिसकेको छ । स्थायी भएका शिक्षहरुको पद स्थापना पनि भइसकेको छ । स्थायी भएकाहरु अधिकांश पहिला कार्यरत विद्यालयमै हाजिर भएका छन् ।

तर, परीक्षामा अनुत्तीर्ण भएपछि धर फर्कनुपर्ने अवस्था आएका विद्यालयमा अर्को शिक्षक नियुक्त गर्ने की खुल्ला प्रतिस्पर्धाबाट छानिएर आएको शिक्षकलाई कुर्ने भन्ने अन्यौल यस्ता विद्यालयमा थियो । तर, खुल्ला प्रतिष्पर्धाबाट परीक्षा दिएकाहरुको उत्तरपुस्तिका परीक्षणको क्रममै भएका कारण तत्काल अन्तिम नतिजा आउने अवस्था छैन । यस्तो अवस्थामा शिक्षक नियुक्त नै नगरि बस्दा पढाइ प्रभावित हुने खतरा विद्यालयमा थियो ।

अस्थायी दरबन्दीमा कार्यरतमध्ये आन्तरिक प्रतिष्पर्धामा उत्तीर्ण भएका १४ हजार शिक्षकको अन्तिम नतिजा प्रकाशन भएर पदस्थापना समेत भइसकेको छ । आन्तरिक प्रतिष्पर्धामा असफल भएका शिक्षकलाई सेवा अवधि गणना गरेर पैसा दिने शिक्षा ऐनमा व्यवस्था छ । आन्तरिक प्रतिष्पर्धामा करिव दश हजार शिक्षक असफल भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७