करातेको पुरुष टिम कातामा आर्मीलाई स्वर्ण


७ बैशाख २०७६, शनिबार
tribhuwan army club

तुल्सिपुर(दाङ), ७ बैशाख । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा करातेको टिम काता इभेन्टमा स्वर्ण जितेको छ । शनिबारदेखि सुरु भएको करातेको प्रतियोगितामा आर्मीलाई नेपाली प्रहरीलाई हराउँदै प्रथम भएको हो ।

आर्मीले प्रदेश न.७ लाई ५–०, प्रदेश नं. १ लाई ५–० र फाइनलमा नेपाल प्रहरीलाई ४–१ ले हरायो । करातेमा ३ विभागिय, ७ प्रदेश र एनआरएनएसहित ११ टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा पुरुष काता इभेन्टतर्फ आर्मीको तर्फबाट सुवास कार्की, सानु कुमार रुम्बा र प्रविण मानन्धरले सहभागिता जनाएका थिए ।

mahila ekal kata Nepal police


यसैगरी महिला टिम कातामा नेपाल प्रहरीले जितेको छ । नेपाल प्रहरीले आर्मीलाई ३–२ ले हराउँदै जितेको हो ।

यस्तै एकल कातामा नेपाली प्रहरीको मेन्दाकाजि श्रेष्ठ र आर्मीको पर्शुराम वास्तोला हराउँदै प्रथम भए । भने महिला एकल काता प्रहरीकै चन्चला दनुवार प्रथम भए । उनले आर्मीका शुभद्रा श्रेष्ठलाई ५–०ले हरायो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७