वीर अस्पतालको ठेक्कामा आर्थिक चलखेल, नियम विपरीत ठेक्का


७ बैशाख २०७६, शनिबार
bir hospital

काठमाडौं, ७ बैशाख । वीर अस्पतालको खाद्यान्न खरिदको टेण्डरमा अनियमितता भएको छ । यसअघिको खरिदमा अनियमितता गरेको आरोपमा राष्ट्रिय सर्तकता केन्द्रले कारबाहीको सिफारिस गरेका खरिद प्रमुख भगवती थपलियाले खाद्यान्न खरिदको टेण्डर न्यू सुयोग नामक सप्लायर्सबाट खरिद गर्ने गरी निर्णय गरेकी छन् ।

bir hospital
राष्ट्रिय सतर्कता केन्द्रको अनियमितता गर्नेमाथि कारबाही गर्न निर्देशन दिइएको प्रतिवेदनको अंश ।


२०७५ बैशाख ५ मा खाद्यान्नको टेण्डर खोलिएको थियो । तीन बर्षको अनुभव र फर्मको प्रमाणपत्रमा खाद्यान्नसम्बन्धी आपूर्तिको काम गर्ने भनेर स्पष्ट रुपमा उल्लेख हुनुपर्ने प्रावधान छ । तर न्यू सुयोगको फर्ममा खाद्यान्नको काम गर्ने कुरा उल्लेख नभएको र तीन बर्षको अनुभव समेत उल्लेख नभए पनि आर्थिक चलखेलमा ठेक्का दिइएको छ । न्यू आरके सप्लायर्स र महाकाल सप्लायर्सको खाद्यान्न उल्लेख भएको फर्म रहेको र उनीहरुसँग ३ बर्ष आपूर्तिको अनुभव थियो । तर अनुभव र खाद्यान्नको कामै नगर्ने न्यू सुयोगलाई ठेक्का दिइएको छ ।

खरिद प्रमुख भगवती थपलियाले आफ्ना श्रीमानको बालुवाटारस्थित कार्यालयमा न्यू सुयोगसँग आर्थिक लाभ लिई उसको प्रक्रियाविपरीतको टेण्डर स्वीकृत गरेको आरोप छ । बिनाटेन्डर औषधि पसल संचालन, आफू निकटसँग कोटेशनमा सामान आपूर्ति गर्न सफल भएको समूह अहिले खाद्यान्न खरिदको ठेक्कामा पनि कमिसन खाएर ठेक्का दिन सफल भएको छ । खाद्यान्नको टेण्डर २०७५ माघमा भएको थियो । टेण्डर चैतमा खोली न्यू सुयोगलाई २०७५ बैशाख ५ मा दिइएको छ । यसअघि खाद्यान्न सप्लाई गर्ने भनेर उल्लेख गरेको फर्मलाई मात्र ठेक्का दिने गरिएको थियो ।

२०७५ असारदेखि राष्ट्रिय सतर्कता केन्द्रले तीन महिना लगाएर तयार गरेको वीर अस्पतालको अनियमितताको प्रतिवेदन कात्तिक ७ मा प्रधानमन्त्रीलाई बुझाएको थियो । त्यो प्रतिवेदनमा आवश्यक कारबाही गरी रकम असुर गर्ने र कानुनी कारकाबाहीका लागि कार्तिक १२ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको उल्लेख छ । सर्तकता केन्द्रले स्वास्थ्य मन्त्रालय र वीर अस्पतालमा सो को निर्णय पठाउँदा पनि खरिद प्रमुख भगवती थपलियामाथि कारबाही गरिएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७