सुडानका अपदस्थ राष्ट्रपतिको घरमा अर्बौं अवैध अमेरिकी डलर


८ बैशाख २०७६, आईतवार
cNMjEhVmIrHc6MlsYhPc

काठमाडौं, ८ बैसाख । सुडानका अपदस्थ राष्ट्रपति ओमर अल बसिरको घरमा ठूलो मात्रामा अवैध रकम बरामद भएको छ । बरामद मुद्राका बारेमा अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् ।

cNMjEhVmIrHc6MlsYhPc

राष्ट्रपति पदबाट अपदस्थ गरिए लगत्तै उनको निवासमा अर्बौं अमेरिकी डलर बराबरको अवैध मुद्रा बरामद गरिएको हो । बरामद गरिएको युरो, अमेरिकी डलर र सुडानी पाउन्ड गरी १ सय ३० मिलियन अमेरिकी डलर बराबरको मुद्रा भएको अधिकारीहरुले जनाएका छन् ।

ठूलो मात्रामा रकम बरामद भएपछि मुद्रा अपचलनको आरोपमा उनीमाथि अनुसन्धान शुरु गरिएको छ । बसिरलाई अहिले कोबरस्थित कारागारमा उच्च सुरक्षा सतर्कताका साथ राखेर अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७