चर्च र होटलमा श्रृंखलावद्ध बम विष्फोट, २० को मृत्यु दुई सय बढी घाइते


८ बैशाख २०७६, आईतवार
shrilanka

काठमाडौं, ८ बैसाख । श्रीलंङ्कामा भएका श्रृंखलावद्ध बम विष्फोटमा कम्तीमा २० जनाको ज्यान गएको छ भने २ सय बढी घाइते भएका छन् ।

इसाई धर्मावलम्बीहरुले इस्टर पर्व मनाइरहेका बेला चर्च र होटलहरुमा श्रृंखलावद्ध विष्फोट भएको थियो । कम्तीमा ६ स्थानमा विष्फोट भएको अधिकारीहरुले जनाएका छन् । राजधानी कोलम्बोका तीन वटा चर्च र तीन वटा होटलमा आक्रमण भएको थियो ।

shrilanka

कोलम्बोको सेन्ट एन्थोनी, कतुवपितिया र बाटिकालोआ चर्चमा विष्फोट भएको छ । सांग्रिला, सिनामोन ग्राण्ड र किंग्सबरी होटलमा पनि विष्फोट भएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । घटनाको थप विवरण आउन बाँकी छ । तस्विर ः रोयटर्स

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७