श्रीलङ्का विष्फोट :मृत्यु हुनेको संख्या १३८ पुग्यो, दुई सय बढी घाइते, देशबासीलाई शान्त रहन राष्ट्रपतिको आग्रह


८ बैशाख २०७६, आईतवार
bom1

काठमाडौं, ८ बैसाख । श्रीलङ्कामा गिर्जाघर र होटलहरूमा भएको श्रृङ्खलाबद्ध विष्फोटमा मृत्यु हुनेको संख्या १३८ पुगेको छ । दुई सय बढी घाइते भएका छन् ।

श्रीलंकामा शनिबार बिहान देशका विभिन्न स्थानमा रहेका गिर्जाघर र होटलमा कम्तीमा ६ वटा श्रृङ्खलाबद्ध विष्फोट गराइएको थियो । घटनापछि श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राष्ट्रका नाममा सम्बोधन गर्दै देशवासीलाई शान्त रहन आग्रह गरेका छन् ।

bom

उनले फेरि आक्रमण हुन नदिन र ती विष्फोट कसले गराएको हो पत्ता लगाउन सुरक्षाकर्मीहरूलाई परिचालित गरिएको बताएका छन् । आक्रमणको अहिलेसमम्म कसैले जिम्मा लिएको छैन । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७