कामसूत्र ‘थ्रिडी’ की नायिका सायरा खानको दुःखद निधन


८ बैशाख २०७६, आईतवार
images cms image 000072818

काठमाडौं, ८ बैसाख । विवादित फिल्म ‘कामसूत्र थ्रिडी’ की अभिनेत्री सयरा खानको निधन भएको छ ।

उनको शुक्रबार बिहान हृदयघातका कारण निधन भएको आईबी टाइम्सले जनाएको छ । ‘कामसूत्र थ्रिडी’ मा सायराले चर्चित अभिनेत्री शर्लिन चोपडाको स्थान लिएकी थिइन् । फिल्म रिलिजका क्रममा शर्लिनलाई लिएर ठूलो विवाद उत्पन्न भएको थियो ।

images cms image 000072818

सायराको निधनलाई लिएर फिल्मका निर्माता रुपेश पालले दुःख व्यक्त गरेका छन् । एक अन्तरवार्तामा उनले भनेका छन्, ‘मलाई यस कुराको कुनै अपेक्षा थिएन ।’ उनले शर्लिनको स्थान लिनका लागि सायराले एकदमै अफ्यारोको सामना गर्नुपरेको बताए ।

उनले मुस्लिम परिावरबाट आएकी सायरालाई फिल्ममा लिनका लागि आफूहरुले पनि ठूलो चुनौती मलेको बताएका छन् । उनले सायराले निभाएको भूमिकालाई लिएर प्रशंसा समेत गरेका छन् ।
सायराको आत्मशान्तिको कामना गर्दै निर्माता रुपेशले उनको निधनमा कसैले पनि शोक व्यक्ति नगरेको भन्दै गुनासो समेत गरेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७