श्रीलङ्का विष्फोट : विष्फोटन हुनुभन्दा केही बेरअघि होटलबाट निस्किएका थिए यी नेपाली


८ बैशाख २०७६, आईतवार
parshu gautam

काठमाडौं, ८ बैसाख । श्रीलङ्काको राजधानी कोलम्बो र अन्य स्थानमा भएका श्रृङ्खलाबद्ध विष्फोटनमा विदेशी नागरिकहरू पनि परेको विवरण सार्वजनिक भएको छ ।

कोलम्बो अस्पतालले नौ विदेशीको मृत्यु भएको पुष्टि गरेको छ । विभिन्न गिर्जाघर र होटलमा भएका विस्फोटनमा कम्तीमा १३७ जनाको मृत्यु भएको प्रहरी र अस्पताल स्रोतले जनाएका छन् ।
तर श्रीलङ्कामा बसोबास गर्ने नेपाली समुदायका सदस्यबारे अहिलेसम्म कुनै अप्रिय जानकारी नआएको र सबै सुरक्षित भएको हुन सक्ने श्रीलङ्काका लागि नेपाली राजदूत विश्वम्भर प्यार्कुयालले बीबीसी नेपाली सेवालाई बताए ।

parshu gautam
परशु गौतम : तस्विर–रोयटर्स

दूतावासकी प्रथम सचिव धनकुमारी जोशीका अनुसार त्यहाँ बस्ने नेपालीहरूले सामाजिक सञ्जाल फेसबुकको एउटा समूहमा आफूहरू सुरक्षित भएको जानकारी दिएका छन् । हताहत भएका विदेशी नागरिकहरूको राष्ट्रियता भने अझै स्पष्ट भइसकेको छैन ।

श्रीलङ्का सरकारले विदेशी कूटनीतिज्ञहरूसँग भेटघाट गरेर औपचारिक जानकारी दिएपछि मात्र त्यो स्पष्ट हुन सक्ने राजदूत प्यार्कुयालको भनाइ छ ।

shrilanka bisfot
विष्फोटपछि सांग्रिला होटल । तस्विर–एएफपी

कति नेपाली छन् ?
कोलम्बोमा बौद्ध भिक्षु, विद्यार्थी, व्यापारी र विभिन्न सेवाक्षेत्रमा काम गर्ने व्यक्तिहरू एवम् तिनका परिवारका सदस्यसमेत झण्डै चार सय नेपालीहरू भएको अनुमान नेपाली दूतावासको छ । श्रीलङ्काभरि भने झण्डै एक हजार नेपालीहरू भएको बताइन्छ ।

यसैबीच नेपाल सरकारले श्रीलङ्कामा भएका विष्फोटनहरूको निन्दा गर्दै श्रीलङ्का सरकार र जनताप्रति सहानुभूति प्रकट गरेको छ । श्रीलङ्कामा आइतवार साँझ छ बजेदेखि सोमवार बिहान छ बजेसम्म लागू हुनेगरी कर्फ्यू लगाइएको छ ।

ब्रेकफास्ट खाएर निस्किएका थिए उनी…
गिर्जाघर र होटलहरूमा विष्फोटन भएको र धेरै मानिस हताहत भएको समाचारले श्रीलङ्कामा बस्ने नेपाली समुदाय पनि स्तब्ध भएको छ ।

त्यसमध्ये परशु गौतम चाहिँ झन् बढी छक्क परेका छन् । किनभने आइतवार बिहानको खाना खाएर निस्किएको ठाउँमा आधा घण्टापछि विष्फोटन भएको खबर उनले पाए । उनी डेढ महिना समयदेखि कोलम्बोस्थित साङ्ग्रिला होटलको अपार्टमन्टमा बस्दै आएका छन् ।

उनले भने, ‘टीभीहरूले मैले ब्रेकफास्ट खाएको टेबल देखाइराखेका छन् ।’ गौतम विगत १४ वर्षदेखि श्रीलङ्कामा व्यापार गर्दै आएका छन् । घटनाबारे थाहा पाएपछि उनले नेपाली दूतावासलाई आफू सुरक्षित भएको जानकारी दिए ।

भन्छन्, ‘त्यहाँस्थिति तनावपूर्ण रहेको र सुरक्षित पनि नलागेकोले म फर्केर होटल गएको छैन ।’ उनी अहिले पेलियागोडास्थित कार्यालयमा छन् । बीबीसीबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७