चङ्गेज खान, जसले पत्नीका निम्ति लिए चार करोड मान्छेको ज्यान


८ बैशाख २०७६, आईतवार
genghis khan

काठमाडौं, ८ बैसाख । चङ्गेज खानको नाम धेरैले सुन्दै आएका छन् । उनको क्रुरता र युद्ध कुशलताको विषयमा धेरैलाई राम्रो ज्ञान पनि छ । उनको इतिहास सबैभन्दा ठूलो आक्रमणकारी किसिमको थियो ।

उक्त क्रुर शासकबारे केही कहानीहरु यहाँ उल्लेख गरिएको छ–चङ्गेज खानको मंगोलियन नाम चिंगिज खान थियो । उनले मंगोलियाको साम्राज्य विस्तारमा निकै महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनी आफ्नो संगठन, शक्ति बर्बरता तथा साम्राज्य विस्तारको लागि प्रसिद्ध थिए । यसभन्दा पहिला कुनै पनि यायावर जातिको व्यक्तिले यति ठूलो विजय यात्रा गरेको थिएन ।

genghis khan

चङ्गेज खानको जन्म ११६२ को आसपासमा आधुनिक मंगोलियाको उत्तरी भागमा ओनोन नदीको नजिकै भएको थियो । चंगेज खानको जन्म भएपछि भविष्यवाणी गर्नेले उनलाई निकै ठूलो शासक हुने भविष्यवाणी गरेका थिए । सुरुमा उनको नाम तेमुजिक राखिएको थियो ।

यी क्रुर शासकले आफ्नी पत्नी छुटाउनका लागि धेरै युद्ध गर्नुपरेको थियो । उनका पिताले विरोधी कबीलेकी होयलनलाई अपहरण गरेर विवाह गरेका थिए । केही दिनपछि उनका पिताको हत्या गरिएको थियो । १२ वर्षको उमेरमा तिमुजिनको विवाह बोरतेसँग गरिएको थियो । उनकी पत्नी बोरतेको पनि विवाहपछि अपहरण भएको थियो । त्यसपछि उनलाई फिर्ता ल्याउनका लागि उनले धेरै युद्ध लडेका थिए ।

चङ्गेज खान भारत पनि आएका थिए । सिन्धु नदीको किनाराबाट दिल्लीका राजाले हार स्वीकार गरेसँगै उनी फर्किएका थिए । उनको योजना बीच भारत हुँदै मंगोलिया फर्किनु रहेको थियो तर बिरामीको कारण त्यसै फर्किएका थिए ।

केही इतिहासकारका अनुसार चङ्गेग खानले आक्रमण गरेको समयमा इरानमा जति जनसंख्या थियो, त्यसलाई फिर्ता पाउन ७५० वर्ष लागेको थियो । यस्तोमा चङ्गेज खान कति क्रुर निर्दयी थिए भन्ने कुराको सहजै अनुमान लगाउन सकिन्छ ।

यी क्रुर शासकले जीवनभरको लडाइँमा लाखौं मानिसहरुलाई मारेका थिए । यहाँसम्म कि उनी जहाँ जान्थे त्यहाँ अलिकति पनि विरोधको स्वर सुनियो भने आसपासको इलाका पनि रगतले भरिदिन्थे । यस किसिमको क्रुरताको कारण पश्चिम एसियाका राजाहरु पनि उनीसँग निकै डराउँथे ।

उनको अधीनता स्वीकार गरेर सबै राजाहरुले उनलाई चङ्गेज खान (समुद्रको राजा) उपाधि दिएका थिए । चङ्गेज खानको विश्वको २२ प्रतिशत क्षेत्रमा कब्जा थियो । आफ्नो अधिकांश जीवन युद्धमा बिताएका चङ्गेज खानको मृत्यु १२२७ मा भएको थियो । एक अनुमान अनुसार उनले जीवनकालमा ४ करोड मानिसहरु मारेका थिए ।

चङ्गेज खानबारे अर्को महत्वपूर्ण पक्ष चीनको पर्खाल पार गरेर लुट्नु, जीवनको आखिरी समयमा इस्लाम धर्मलाई स्वीकार गर्नुजस्ता विषय पनि रहेका छन् । चंगेज खान पश्चिमी एसियामा विजयको क्रममा इस्लाम धर्मको सम्पर्कमा आएका थिए । साथै उनले इस्लाम धर्म स्वीकार पनि गरेका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७