लगानी सम्मेलनको उपलब्धी : ३१ परियोजनामा २५ खर्बको लगानी प्रस्ताव

कुन–कुन परियोजनामा पर्‍यो प्रस्ताव ?


८ बैशाख २०७६, आईतवार
Lagani Board

काठमाडौं, ८ बैसाख । केहि समयअघि काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय लगानी सम्मेलनको व्यवहारिक उपलब्धी देखिन थालेको छ ।

लगानी सम्मेलनकै असरका कारण नेपालका ३१ वटा परियोजनामा लगानी गर्न ४८ वटा विदेशी कम्पनीले आवेदन दिएका छन् । गएको चैतमा काठमाडौंमा भएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा प्रस्तुत ७७ वटा परियोजनामध्ये ३१ वटामा लगानीको लागि प्रस्ताव आएको लगानी बोर्डले जनाएको छ । यी परियोजनाको लागत २५ खर्ब रुपैयाँ छ ।

कृषिका ५ परियोजनामा ७, स्वास्थ शिक्षामा २, उर्जाका ७ पूर्वाधारमा ८, उद्योगमा १, पर्यटन पूर्वाधारमा ३, यातायात पूर्वाधारका ९ परियोजनामा २२ र शहरी पूर्वाधारका ४ परियोजनामा ५ वटा आवेदन पेश भएका छन् ।

लगानी बोर्डले पहिलो चरणमा २७ परियोजनाको लागि ३ महिनाभित्र विकासकर्ता छनौट गर्ने जनाएको छ । त्यस्तै १७ वटा परियोजनाको लागि ९ महिनाभित्र र बाँकी ६ परियोजनाको लागि १४ महिनाभित्र विकासकर्ता छनोट गर्ने बोर्डले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७