गोर्खा फाइनान्सको अध्यक्षमा यादव चन्द्र राई नियुक्त


८ बैशाख २०७६, आईतवार
yadav bantawa rai 1

काठमाडौं, ८ बैशाख । गोर्खाज फाइनान्स लिमिटेड संचालक समितिका अध्यक्षमा यादव चन्द्र राई नियुक्त भएका छन् । उनलाई फाइनान्सको २०७६/०१/०३ गते बसेको संचालक समितिको ३८४ औं बैठकले अध्यक्षमा चयन गरेको हो ।

Gurkha fainance new chairman

नवनियुक्त अध्यक्ष राईलाई आइतबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक श्री नारायण प्रसाद पौडेलले पद तथा गोपनियताको सपथ गराए । सो अवसरमा कार्यकारी निर्देशक पौडेलले नवनियुक्त अध्यक्षलाई बधाई तथा शुभकामना दिदै सुदृढ संस्थागत सुशासन तथा ग्रामिण क्षेत्रमा वित्तीय पहुंच अभिवृद्धि गर्न सुझाव दिए ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा २ बमोजिम संचालक समितिका अध्यक्षले नेपाल राष्ट्र बैंकका निर्देशक समक्ष पद तथा गोपानियताको सपथ लिनु पर्ने कानुनी व्यवस्था रहेको छ ।

फाइनान्सले मुख्य कार्यालयसहित २३ वटा शाखाबाट देशको सातै प्रदेशमार्फत सर्वसाधारणलाई सेवा दिइरहेको छ । संस्थाले विभिन्न बचत योजना सञ्चालन गरिरहेको छ । बालबचत, नारी बचत, जेष्ठ नागरिक बचत, गोर्खा पेन्सन, स्टुडेन्ट सेभिङ र पेरोल सेभिङ्ग रहेका छन् । यसैगरी फाइनान्सले ३ लाख रुपैयाँसम्म निक्षेपमा बीमा, चाहेजति रकम झिक्न र राख्न सकिने, निशुल्क मोबाइल तथा इन्टनेट बैकिंङ, निशुल्क डेभिट कार्ड, एबिबिएस सेवा र निशुल्क चेकबुक तथा स्टे्टमेण्ट सेवा दिनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७