युक्रेनको राष्ट्रपतिमा हाँस्य कलाकार भोलोदिमर जेलेन्स्की विजय नजिक


९ बैशाख २०७६, सोमबार
volodimir

काठमाडौं, ९ बैसाख । युक्रेनमा भएको राष्ट्रपतिको निर्वाचनमा ४१ वर्षीय हांस्य कलाकार भोलोदिमर जेलेन्स्की विजयी हुने सर्वेक्षणले देखाएको छ ।

निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरिएको मत सर्वेक्षणले हांस्य कलाकार भोलोदिमरले ७० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने देखाएको हो । मत सर्वेक्षणले उनका प्रतिष्पर्धी वर्तमान राष्ट्रपति पेट्रो पारोसेन्कोले २५ प्रतिशत मत प्राप्त गर्ने देखाएको छ ।

तीन हप्ताअघि भएको पहिलो चरणको मतदानमा पनि जेलेन्स्की सबैभन्दा अगाडि थिए । निर्वाचनमा ३९ जना उम्मेदवार प्रतिष्पर्धामा थिए । दोस्रो चरणमा जेलेन्स्की र वर्तमान राष्ट्रपति पेट्रो पारोसेन्कोबीच प्रतिस्पर्धा भएको थियो । यसैबीच राष्ट्रपति पारोसेन्कोले निर्वाचनमा आफ्नो हार स्वीकार गरेका छन् ।

राजधानी किभमा आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै उनले हार स्वीकार गरेका हुन् । निर्वाचनमा हार भए पनि जनताको भरोसा नछाड्ने र राजनीति पनि नछाड्ने उनले बताए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७