श्रीलंका विष्फोट : ज्यान गुमाउनेको संख्या २९० पुग्यो, संदिग्ध २४ जना पक्राउ


९ बैशाख २०७६, सोमबार
Police and locals inspect the damage and fataliaties in Katuwapitiya St Sebastian church in Negombo

काठमाडौं, ९ बैशाख । श्रीलंकामा भएको श्रृंखलावद्ध विष्फोटमा मृत्यु हुनेको संख्या २९० पुगेको छ । करीब ५ सय जना घाइते भएका छन् ।

इसाई धर्मावलम्बीहरुले इस्टर पर्व मनाइरहेका बेला आइतबार चर्च र होटलहरुमा श्रृंखलाबद्ध विष्फोट भएका थिए । यो घटनामा विदेशी नागरिकसहित २९० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

Sri Lankan security personnel inspect the damage at St Anthonys Shrine following the Easter Sunday bombing

आक्रमणलगत्तै श्रीलंकाभर लगाइएको कर्फ्यू सोमबार बिहानबाट हटाइएको छ । यद्यपि, घटनापछि सामाजिक सन्जालमा लगाइएको प्रतिवन्ध कायमै छ । प्रहरीले शंकास्पद २४ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान जारी राखेको जनाएको छ । पक्राउ परेकाहरु सबै श्रीलंकाका नागरिक हुन् । उनीहरुको सम्पर्क अन्तर्राष्ट्रिय संगठनसँग छ कि छैन भनेर अनुसन्धान भइरहेको बीबीसीले जनाएको छ ।

यद्यपि, अझैसम्म आक्रमणको जिम्मा कुनै पनि संगठनले लिएको छैन । केही स्थानमा आत्मघाती बम आक्रमण भएको अनुमान गरिएको छ । आक्रमणको विश्वव्यापी रुपमा आलोचना भएको छ । श्रीलंकामा सन् २००९ मा २५ वर्षे लामो गृहयुद्ध सकिएपछि भएको यो सबैभन्दा ठूलो आक्रमण हो ।

प्रधानमन्त्री रनिल विक्रमासिंघेले सम्भावित आक्रमणबारे प्रहरीलाई पूर्व सूचना रहे पनि यसको जानकारी मन्त्रिपरिषदलाई नदिइएको बताएका छन् । रक्षामन्त्री आर विजयवर्धनले यसलाई आत्मघाती आक्रमण भनेका छन् । उनले आक्रमणको योजना विदेशमा बनाइएको दाबी गरेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७