डा. दिव्यासिंह शाह विश्व मृगौला संगठनको दक्षिण एसिया उपाध्यक्षमा निर्वाचित


९ बैशाख २०७६, सोमबार
divya shingh sha

काठमाडौं, ९ बैशाख । त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान शिक्षण अस्पतालकी मृगौला रोग विशेषज्ञ डा. दिव्यासिंह शाह विश्व मृगौला संगठनको दक्षिण एसिया उपाध्यक्षमा निर्वाचित भएकी छिन् ।

संगठनको विशेष कमिटीले दक्षिण एसियाका तीन जना सदस्यलाई निर्वाचनका लागि मनोनयन गरेको थियो । डा. शाह पाकिस्तान र बंगलादेशका प्रतिद्वन्द्वीलाई पराजित गर्दै उपाध्यक्ष पदमा निर्वाचन भएकी हुन् ।

गत मार्च १ देखि ३० गतेसम्म संगठनका सदस्यहरुले अनलाइनमार्फत मतदान गरेका थिए । गत अप्रिल ११ देखि १५ सम्म अस्ट्रेलियाको मेलर्वनमा भएको वर्ल्ड कंग्रेस अफ नेफ्रोलोजी कार्यक्रममा मतदानको परिणाम घोषणा गरिएको डा. शाहले जानकारी दिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७