‘पोई पर्‍यो काले’ पछि सौगातले साइन गरे’ ‘राम राम’


९ बैशाख २०७६, सोमबार
saugat malla actor

काठमाण्डौ , ९ वैशाख । चलचित्र ‘लप्पन छप्पन २’ को छायांकन केही पर धकेलिएपछि नायक सौगात मल्लले ‘पोई पर्यो काले’ साइन गरेका छन् । नायक सौगात मल्लले केही दिन अगाडि मात्र चलचित्र ‘पोई पर्यो काले’ साइन गरेका थिए । नायक सौगातले नयाँ चलचित्र ‘राम राम’ पनि साइन गरेका छन् ।


यो चलचित्रलाई सुवर्ण थापाले निर्देशन गर्दैछन् । सुवर्ण र सौगातले चलचित्र ‘फन्को’मा पनि काम गरिसकेका छन् । डाइमण्ड स्टार फिल्मसको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रको कथा तथा पटकथाकार दिनेश महत हुन् ।

चलचित्रका लागि सौगात मल्ल मात्र पक्का भए पनि अन्य कलाकार फाइनल नगरिएको निर्माण पक्षले बताएको छ । यो चलचित्रको छायांकन दशैंबाट सुरु हुनेछ । यो चलचित्रमा अष्ट्रेलिया, जापान र हङकङमा बस्ने नेपालीले निर्माण गर्दैछन् । चलचित्र ‘राम राम’को कथावस्तु खुलाइएको छ्रैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७