नेकपाको कार्यक्रममा भिम रावलको ‘क्रेज’


९ बैशाख २०७६, सोमबार
Bhim Rawal is a CPN UML politician He is former Deputy Prime Minister Defence Minister of Nepal

काठमाडौं, ९ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुदुरपश्चिम इन्चार्ज भिम रावलले पार्टीभित्र निरन्तर फरक बिचार राख्दै आएका छन् ।

बिमस्टेक सैन्य अभ्यास, युनिफिकेशन चर्चका संस्थापक मुनले स्थापना गरेको ‘युनिभर्सल पिस फेडेरेसन ‘युपीएफ’ नामको संस्थाको कार्यक्रम, सिके राउत सम्झौता लगायतका बिषयमा फरक विचार राख्दै आएका छन् ।

खासगरी राष्ट्रियताको बिषयमा दरो अडान राख्ने नेताका रुपमा स्थापित नेता रावल पार्टीभित्र पनि आफ्नो स्पष्ट अडान राख्न सक्ने नेता हुन् । यही उनको अडानको कारण नेकपाभित्र उनको ‘क्रेज’ बढेको छ । एकथरीका नेता तथा कार्यकर्ताहरुले उनको स्पष्ट अडानबाट प्रभावित बनेका छन् ।

यो दृश्य सोमबार नेपाल कम्युनिस्ट पार्टीको ७० औं स्थापना दिवस तथा लेनिन दिवसको अवसर पारेर जिल्ला कमिटिहरुको एकता घोषणा कार्यक्रममा देखियो । कार्यक्रम सुरु हुन अघि नेताहरुको प्रवेश गर्दा कार्यकर्ताहरुले ताली र हुटिङ्गले स्वागत गरीरहेका थिए ।

जब प्रज्ञा भवनको सभाहलमा नेता रावल छिरे, कार्यक्रमको प्रमुख अतिथि आए जसरी उनको पक्षमा हुटिङ्ग गरेका थिए । हुटिङ्गपछि नेता रावलले कार्यकर्ताहरुलाई अभिवादन फर्काए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७