जिल्ला कमिटिमा पूर्व एमाले समूहभित्रको अंकगणित


९ बैशाख २०७६, सोमबार
CPN KP Sharma Oli vs Madhav kumar Nepal

काठमाडौं, ९ वैशाख : निकै लामो छलफलपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जिल्ला कमिटिहरुको एकता भएको छ । खासगरी पूर्व एमाले समूहभित्र सहमति जुट्न नसकेपछि जिल्ला कमिटिहरुको एकतामा ढिलाई भएको थियो ।

संस्थापन अर्थात् प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली समूहले एकलौटी तरिकाले अध्यक्षहरुको सिफारिस गरेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल समूहले तिव्र असन्तुष्टी जनाउँदै आएका थिए । पछिल्लो समयमा अध्यक्ष ओली समूहले एकलौटी गर्न खोजेको भन्दै नेपाल समूहले समानन्तर सूची समेत तयार पारेको थियो ।

यही रस्साकसीको पछि आइतबार साँझ सहमति जुटेपछि सोमबार घोषणा गरिएको हो । २००६ मा नेकपा स्थापना भएको ७० बर्ष पुगेको अवसर पारेर नेकपाले पूर्व एमाले र पूर्व माओवादी केन्द्रका जिल्ला कमिटिको अध्यक्ष र सचिवहरुको घोषणा गरिएको हो ।

सोमबार घोषणा गरिएको सूची अनुसार अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच ‘विन–विन’ देखिएको छ । ७७ जिल्ला मध्ये पूर्व एमालेले ४४ जिल्लाको नेतृत्व पाएको थियो, भने बाँकी ३२ जिल्लामा सचिव । सोमबारको घोषणा अनुसार २८ जिल्लाको नेतृत्व अध्यक्ष ओली निकटले पाएका छन् भने १६ जिल्लाको नेतृत्व वरिष्ठ नेता नेपाल निकटले पाएका छन् । ३२ सचिव मध्ये २२ नेपाल निकट नेता छन् भने १० अध्यक्ष ओली निकट छन् ।

अध्यक्ष र सचिव गरी ओली निकट ३९ नेताहरुले जिम्मेवारी पाएका छन् भने नेपाल निकट ३८ नेताले जिम्मेवारी पाएका छन् । दुवै पूर्वपार्टीका साबिक जिल्ला कमिटी प्रमुखलाई नै अध्यक्ष र सचिव बनाउने मापदण्ड बनाइएको थियो । एमालेले नेतृत्व पाएका जिल्लामा साबिक एमालेकै प्रमुख अध्यक्ष र माओवादीको प्रमुख सचिव यस्तै माओवादीले नेतृत्व पाएका जिल्लामा माओवादीकै साबिक प्रमुख अध्यक्ष र एमालेका प्रमुख सचिव रहने मापदण्ड बनाइएको थियो ।

वरिष्ठ नेपाल पक्षका अध्यक्ष रहेका जिल्लाको नेतृत्व नियतवश पूर्व माओवादीलाई जिम्मा लगाइएको कारण जिल्ला नेतृत्वमा संख्या कम भएको नेपाल समूहको दाबी छ । नेपाल समूहको नेतृत्व रहेको ३२ जिल्ला माओवादीको भागमा परेको छ, भने ओली समूहको अध्यक्ष भएको १० जिल्ला मात्रै माओवादीको भागमा परेको छ ।

सचिवालय बैठकले भूगोलबाहेकका प्रवास कमिटी, केन्द्रीय सम्पर्क समन्वय कमिटी, उपत्यका विशेष प्रदेश र त्यसअन्तर्गतका तीन जिल्लासँगै २२ जनसंगठनको एकीकरण भने टुंग्याउन बाँकी छ । एकताको बाँकी काम पनि केही दिनमै सक्ने नेताहरूले बताएका छन् । निर्वाचन क्षेत्र र स्थानीय तहमा भने जिल्लास्थित कार्यदलले नै अधिकांश स्थानमा भागबन्डा गरिसकेका छन् ।

पूर्व माओवादीभित्र ३३ मध्ये बादल समूहबाट ७ जना, नारायणकाजी श्रेष्ठ सूमहबाट १ र बाँकी प्रचण्ड निकट छन् ।

CPN District committeee chairman
CPN District committeee chairman 2
CPN District committeee chairman 3
CPN District committeee chairman 4

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७