२९० जनाको ज्यान लिने श्रृंखलावद्ध बम विष्फोटपछि श्रीलंकामा संकटकाल घोषणा


१० बैशाख २०७६, मंगलवार
Sri Lankan soldiers secure the area around St. Anthonys Shrine after a blast in Colombo on Easter Sunday this morning

काठमाडौं, १० बैसाख । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले गए रातिदेखि देशभर संकटकाल घोषणा गरेका छन् ।

२९० जनाको मृत्यु हुने गरी देशका विभिन्न ठाउँमा भएका आतंककारी बम विष्फोटपछि राष्ट्रपति सिरिसेनाले देशभर संकटकाल घोषणा गरेका हुन् ।

राजधानी कोलम्बोसहित देशका विभिन्न भागमा रहेका चर्च तथा होटलहरुमा भएका ८ वटा शक्तिशाली विष्फोटमा २ सय ९० जनाको मृत्यु भएको थियो । घटनामा ५ सयभन्दा बढी घाइते भएका छन् ।

श्रीलंकाका अधिकारीहरुले बिहीबार भएको बम आक्रमणमा अन्तर्राष्ट्रिय नेटवर्कको संलग्नता रहेको बताएका छन् । सरकारले यसका लागि स्थानीय जेहादी गुट नेसनल तौहिद जमातले अन्तर्राष्ट्रिय आतंकवादी नेटवर्कको सहयोग लिएको हुनसक्ने आशंका गरेको छ । तर हमलाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन ।

यसैबीच आक्रमणको चेतावनी पाएपछि पनि सरकारले त्यसलाई नियन्त्रणमा लिन कुनै प्रयास नगरेको आरोप लागेको छ । राष्ट्रपति सिरिसेनाका सल्लाहकार शिराल लकथिलाकाले आक्रमणको सूचना सरकारले पाएको या नपाएको भन्नेबारे छानबिन भइरहेको बताएका छन् ।

यसअघि श्रीलंकाका एक वरिष्ठ मन्त्री रजित सेनारत्नेले कोलम्बोमा पत्रकारहरुसँग कुरा गर्दै अन्तर्रा्ष्ट्रिय जासुसी एजेन्सीले हमलाको चेतावनी दिएको भए पनि यो सूचना प्रधानमन्त्री रविन विक्रमासिंघेसम्म नपुगेको बताएका थिए । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा २४ जनालाई पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७