मतदानअघि आमासँग आशिर्वाद लिए मोदीले


१० बैशाख २०७६, मंगलवार
modi

काठमाडौं, १० बैसाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मताधिकार प्रयोग गर्नुअघि मंगलबार आफ्नी आमाको चरणस्पर्श गर्दै आशिर्वाद लिएका छन् ।

भारतमा लोकसभा निर्वाचनअन्तर्गत आज तेस्रो चरणमा विभिन्न राज्यमा मतदान हुँदैछ । प्रधानमन्त्री मोदीले आजै आफ्नो मताधिकार प्रयोग गर्दैछन् ।

उनले गान्धीनगर लोकसभा सिटअन्तर्गत रानिप मत केन्द्रमा मतदान गर्दैछन् । मतदान गर्नुअघि उनले गान्धीनगरस्थित निवास पुगेर आमा हीराबेनको चरणस्पर्श गरेका हुन् ।

मोदीकी आमा गान्धीनगरमै बस्दै आएकी छन् । आशिर्वाद लिन आएका मोदीलाई आमाले सगुनबापत मिठाई दिएकी थिइन् । निधारमा टीका लगाई दिएर मोदीलाई उनकी आमाले आशिर्वाद दिएकी छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७