बलिउड अभिनेता सनी देओल भाजपा प्रवेश, पञ्जावमा उम्मेद्वारी पाउने सम्भावना


१० बैशाख २०७६, मंगलवार
sunny

काठमाडौं, १० बैसाख । बलिउड अभिनेता सनी देओल भारतीय जनता पार्टी (भाजपा) मा प्रवेश गरेका छन् । मंगलबार दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा देओलले केन्द्रीय रक्षामन्त्री निर्मला सीतारमण र रेल मन्त्री पीयूष गोयलको उपस्थितीमा सदस्यता ग्रहण गरेका छन् ।

अभिनेता देओललाई पार्टी सदस्यता प्रदान गर्दै रक्षा मन्त्री सीतारमणले देओल अभिनित फिल्म बोर्डर को नाम लिदैं उनको प्रशंसा गरिन् । अर्का मन्त्री गोयलले सन् १९७१ को भारत–पाकिस्तान युद्धमा आधारित फिल्म बोर्डर ले जस्तै देओलले धेरै फिल्ममा सुरक्षाकर्मीको मनोबल बढाउने अभिनय गरेका बताउँदै भने, ‘भित्रैदेखि राष्ट्रियता नभएको व्यक्तिले त्यस्तो अभिनय गर्न सक्दैन, देओल जस्ता युवाको खाँचो आज देशलाई छ, भाजपालाई छ ।’

sunny 1
अमित साहका साथ सन्नी देओल

६२ वर्षीय देओलको पछिल्लो फिल्म मोहल्ला ऐसी प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी क्षेत्र वनारसमा छायांकन गरिएको थियो। जहाँ देओल राम मन्दिरमा कर सेवकको भूमिकामा देखिन्छन् ।
पत्रकार सम्मेलनमा देओलले देशमा नरेन्द्र मोदीले धेरै राम्रो काम गरेको र अबको पाँच वर्ष देशलाई उनकै शासन चाहिएको बताए । ‘तपाईलाई थाहै छ, मेरो परिवार नै भाजपासँग जोडिएको छ, त्यसैले म पनि आज मोदीजीसँग जोडिन आइपुगेको छु, मेरा लागि यो खुशीको कुरा हो’, उनले भने ।

betab

जारी लोकसभा चुनावमा उम्मेदवारीप्रति भने देओलले केही बोल्न चाहेनन् । देओलका बुबा चर्चित अभिनेता धर्मेन्द्र सन् २००४ र २००९ मा दुई पटक भाजपाबाटै विधायक बनेका छन् भने आमा अभिनेत्री हेमा मालिनी अहिले पनि मथुराबाट विधायक छिन् । जारी चुनावमा पनि उनले उम्मेदवारी दिएकी छन् । देओलले पनि पञ्जाबबाट उम्मेद्वारी पाउने सम्भावना छ ।

एक साताअघि देओलले भाजपाका अध्यक्ष अमित शाहसँग भेट गरेका थिए । भेटलाई लिएर उनको राजनीति प्रवेशको चर्चा गरिए पनि त्यसलाई उनले हल्ला मात्र भएको बताएका थिए । बेताबबाट आफ्नो अभिनय यात्रा शुरु गरेका देओलको घायल, गदर, एक प्रेम कथा, दामिनी र बोर्डर जस्ता चर्चित फिल्म छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७