काठमाडौं -४ मा गगनले लिए अग्रता, राजन पछ्याउँदै


२२ मंसिर २०७४, शुक्रबार
gagan thapa vs rajan bhatarai

काठमाडौं : काठमाडौं क्षेत्र नं. ४ मा काँग्रेस नेता गगन थापाले अग्रता लिएका छन्। शुरुवातमा एमाले उमेद्वार राजन भट्टराईले अग्रता लिएपनि साँझतिर आइपुग्दा गगनले अग्रता लिएका छन्।

gagan thapa vs rajan bhatarai

प्राप्त पछिल्लो अपडेट अनुसार थापाले ४ हजार २ सय ८ मत ल्याएका छन् भने उनका प्रतिष्पर्धी राजन भट्टराईले ४ हजार १ सय ९३ मत ल्याएका छन् । विवेकशील साझा पार्टीले सुबुना बस्नेतले २ सय९३ मत प्राप्त गरेकी छिन् ।
यस बाहेकका क्षेत्रका गगन थापालाई थप सहज हुने काँग्रेस कार्यकर्ताको विश्वास छ। राष्ट्रिय सभागृहमा मतगणना भइरहेको छ। वुढानिलकण्ठकै वडा नम्वर ८ मा अहिले मतगणना भइरहेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७