‘अनुत्तीर्ण’ अस्थायी शिक्षकहरु फेरि आन्दोलनमा, राखे यस्ता माग


१० बैशाख २०७६, मंगलवार
teacher

काठमाडौं, १० बैसाख । स्थायी गराउन लिइएको परीक्षामा अनुत्तीर्ण शिक्षकहरुले सरकारसँग विभिन्न माग राख्दै फेरि आन्दोलन थालेका छन् ।

अस्थायी शिक्षकहरुले आफूहरुका माग सम्बोधन गर्ने गरी संघीय शिक्षा ऐन बनाउन माग गरेका छन् । अस्थायी शिक्षक केन्द्रीय संघर्ष समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ऐनमार्फत् फेरि आन्तरिक प्रतिष्पर्धा गराई आफूहरुका माग सम्बोधन गर्नुपर्ने माग अघि सारेका छन् ।

सरकारले अस्थायी शिक्षकहरुका माग सम्बोधन गर्न चासो नदिएको र अवैज्ञानिक तरिकाले परीक्षा लिएर आफूहरुलाई हटाउन खोजेको उनीहरुको आरोप छ ।

सरकारले देशभरका २६ हजार अस्थायी शिक्षकहरुलाई स्थायी बनाउन गत असारमा परीक्षा लिएको थियो । जसमा १३ हजार शिक्षक अनुत्तीर्ण भएका थिए । अहिले तिनै शिक्षक आन्दोलनमा उत्रिएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७