मारुनी’ को ‘गेटअप’ ले साम्राज्ञी ‘दङ्ग’


१० बैशाख २०७६, मंगलवार
puspa samragyee team

काठमाडाैं १० वैशाख । चलचित्र ‘मारुनी’ को छायाँकन अन्तिम चरणमा पुगेको छ । चलचित्रकी निर्मात्री पूनम गौतमका अनुसार अब २–३ दिनमा चलचित्रको छायांँकन सकिने छ । कोहलपुर र काठमाडांैमा चलचित्रको छायाँकन गरिएको छ ।

images 7

चलचित्रलाई नवल नेपालले निर्देशन गरेका हुन् । चलचित्रमा समावेश ‘सक्दिनँ कि बाँच्न’ बोलको गीतको छायांँकन कोहलपुरमा गरिएको छ । यो गीतमा नायक पुष्प खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई फिचरिङ गरिएको छ । चलचित्रको केही तस्बिर सार्वजनिक भएको छ ।

puspal and samragyee r l shah 1

नायिका शाह पनि चलचित्रमा आफ्नो भूमिका र गेटअपलाई लिएर उत्साहित देखिएकी छिन् । चलचित्रलाई भदौको १३ गतेबाट रिलिज गर्ने तयारी गरिएको छ । पूनम इन्टरटेन्मेन्टको ब्यानरमा यो चलचित्र निर्माण भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७