के कारणले माफी मागे विराजले ?


१० बैशाख २०७६, मंगलवार
download 1

काठमाडौं, १० वैशाख । चलचित्र प्राविधिक संघको कार्यालयमा उपस्थित भएका नायक विराज भट्टले प्राविधिक शंकर पाण्डेसँग माफी मागेका छन् । सोमबार बेलुकी विराजले प्राविधिक पाण्डेमाथि हात हालेका थिए । जवाफमा पाण्डेले पनि भट्टमाथि हातपात गरेका थिए ।
पहिले हात छाडेका कारण विराजले पाण्डेसँग माफी मागेका हुन् ।

चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले सहमतिमै कुरा टुंगिएको बताए । विराजले निर्माण तथा निर्देशन गर्न लागेको चलचित्र ‘साङ्लो’ को बिषयलाई लिएर सोमबार बेलुकी कुराकानीका क्रममा पाण्डे र विराजबीच लफडा भएको थियो ।

विराजको चलचित्रमा पाण्डेले निर्माण नियन्त्रकको रुपमा काम नगर्ने भएका छन् । पाण्डेले पनि भट्टलाई पारिश्रमिकको संझौतामा दिएको पेश्की रकम फिर्ता गर्नु नपर्ने भएको छ । विराज आफैले पैसा फिर्ता गर्नु नपर्ने बरु आफूले एक हजार थपेर दिन तयार भएको बताएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७