सैनिक विद्यालयका प्रधानाध्यापकसहित ३ जनालाई गरियो बर्खास्त


१० बैशाख २०७६, मंगलवार
army school

काठमाडौं, १० बैसाख । नेपाली सेनाले काठमाडौं बाँसबारीस्थित सैनिक विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारी गरी ३ जनालाई बर्खास्त गरिएको छ ।

विद्यार्थी भर्नाका लागि लिइएको लिखित प्रवेश परीक्षामा सहभागीलाई पास गराउन भूमिका खेलेको देखिएपछि उनीहरुलाई पदमुक्त गरिएको जनाइएको छ ।

२०७६ सालको शैक्षिक सत्रमा १ कक्षामा भर्नाका निमित्त सञ्चालन भएको लिखित परीक्षामा परीक्षा प्रणालीको मर्म र भावना विपरीत पदीय मर्यादा र आचरण समेतलाई ख्याल नगरी प्रवेश परीक्षा उतीर्ण गराउने उद्देश्यले प्रत्यक्ष सहयोग पुर्‍याएको देखिएपछि बर्खास्त गर्नु परेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाली सेनाको विद्यालयको छवि धमिल्याउने काम गरेकाले उक्त घटनामा संलग्न प्रधानाध्यापक, शिक्षक र कर्मचारी गरी तीन जनालाई वैशाख ९ गतेदेखि पदमुक्त गरेको निर्देशनालयको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७