आठौं राष्ट्रिय खेलकुद : १४ स्वर्ण जित्दै आर्मीलाई उसुको उपाधि


१० बैशाख २०७६, मंगलवार
champin


काठमाडौं,१० बैशाख । आठौं राष्ट्रिय खेलकुद उसु प्रतियोगितामा नेपाल आर्मीले उपाधिले जितेको छ । १४ औं राष्ट्रिय उसुमा आर्मीले सर्वाधिक १४ स्वर्णसहित १ रजत र ३ कांस्य जित्दै प्रथम भएको छ ।

एपीएफले ५ स्वर्ण, ८ रजत र ५ कांस्य हात दोस्रो भयो । प्रहरीले २ स्वर्ण, १ रजत र ५ कांस्य प्राप्त गर्दै तेस्रो भयो । २२ स्वर्णका लागि भएको प्रतिस्पर्धामा बाँकी १ स्वर्ण कर्णाली प्रदेशले हासिल ग¥यो । थाउलोतर्फ आर्मीका १२ औं दक्षिण एसियाली खेलकुद (साग)की स्वर्णधारी निमा घर्ती मगर स्वर्ण जितेकी छिन्।

महिला नान् छवान्÷नान् तावमा निमाले समग्रमा १८.२ अंक जोडिन् । प्रदेश ३ की अन्जिता स्याङ्तान दोश्रो तथा कर्णाली प्रदेशकी सरु सोती तेश्रो भइन् । महिला थाइची छ्वान-थाइची चेनमा आर्मीकी मिना ग्लान १८.२१ अंकसाथ पहिलो भइन् । मिनाले १२ औं सागकी रजत विजेता आर्मीकै सविता राईलाई पछि पार्दै मिना ग्लानले स्वर्ण जितिन् । सविताले १७.९८ अंक जोडिन् । सुदूरपश्चिम प्रदेशकी सम्झना चौधरी तेश्रो भइन् ।

5 2

पुरुष थाइची छ्वान-थाइची चेनमा आर्मीका हरिप्रसाद गोल पहिलो भएको हो । उनले १८.४८ अंक जोडे । प्रदेश ३ का पासाङ शेर्पा दोश्रो तथा सुदूरपश्चिमका जनक बुढा तेश्रो बने । पुरुष नान छ्वान-नान कुनमा कर्णाली प्रदेशका दीपक हमालले स्वर्ण जितेको हो । उनले १९.१ अंक प्राप्त गरे । एपीएफका युवराज थापाले रजत तथा एपीएफकै सन्नी श्रेष्ठले कांस्य हात पारे ।

सान्सौंको पुरुषतर्फ विभिन्न ८ तौलसमूहको फाइनलमा पुरुष ५२ केजीमा एपीएफका अशोक खालिङ पहिलो भएको छ । फाइनलमा उनले प्रदेश ३ का रोशन अछामीलाई पराजित गरे । ५६ केजीमा प्रहरीका पदम ठकुल्लाले फाइनलमा एपीएफका अमर सुनारलाई हराउदै स्वर्ण जितेको हो ।

padam kulung rai


६० केजीमा एपीएफका मंगलप्रसाद थारुले पहिलो स्थान हात पारे । उनले फाइनलमा कर्णालीका राजेन्द्र शाहीको चुनौती समाप्त पारे ।६५ केजीको फाइनलमा एपीएफका सन्जिव महर्जनले सुदूरपश्चिमका सुभाल भुल सोठीलाई जित्दै पहिले भयो।

पुरुष ७० केजीमा आर्मीका चित्रसिंह ठकुरीले प्रदेश ५ का रुद्रप्रसाद सारुलाई पराजित गर्दै स्वर्ण जितेको हो । ७५ केजीमा आर्मीका पदम कुलुङ राईले एपीएफका अनिश शाही पछि पार्दै प्रथम भयो । ८० केजीमा आर्मीका शिवजी सिलवालले एपीएफका निकेश श्रेष्ठलाई हराउदै स्वर्ण जितेको हो । तेस्तै ८५ केजीमा आर्मीका किरणसिंह साउदले एपीएफका भुपेन्द्र शाहलाई पराजित गर्दै स्वर्ण हात पारे ।

सान्सौंको महिला ५२ केजीमा आर्मीकी एलिना चौधरीले सुदूर प्रदेशकी गौरी घर्ती मगर, ५६ केजीमा प्रहरीकी जुनी राईले एपीएफकी कमला बोहरा तथा ६० केजीमा आर्मीकी लुमन्ति श्रेष्ठले एपीएफकी निशा विकलाई फाइनलमा पराजित गर्दै पहिलो भए ।

महिला ६५ केजीमा एपीएफकी मनीषा रावतले प्रहरीकी पूजा गुप्ता, ७० केजीमा आर्मीकी विन्दु पुन मगरले प्रदेश १ की तनुजा सुन्दास र ७५ केजीमा आर्मीकी शिलु डंगोलले गण्डकीकी अनिशा आले मगरलाई फाइनलमा पाखा लगाउदै स्वर्ण जितेकाे हाे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७