आईटीएफ तेक्वान्दोमा आर्मी टिम च्याम्पियन


१० बैशाख २०७६, मंगलवार
itf

काठमाडौं, १० बैशाख । आठौ राष्ट्रिय खेलकुद अन्तर्गत नेपालगञ्जमा सम्पन्न आइटिएफ तेक्वान्दोमा त्रिभुवन आर्मी क्लब च्याम्पियन भएको छ।

आर्मीले १६ स्वर्ण,२ रजत र ४ काश्य पदक हात पारेको छ। ४ स्वर्ण, ९ रजत र ४ काश्य पदक जितेको एपीएफ दोश्रो भएको छ। यसैगरी, ४ स्वर्ण,७ रजत र १० काश्य पदक सहित तीन नम्बर प्रदेश तेश्रो भयो ।

प्रतियोगितामा नेपाल आर्मी क्लबकी तुलसा राजथलाले तीन स्वर्ण पदक हात पारेकी छिन्। तेश्रो स्वर्ण जित्ने क्रममा उनले मंगलबार ६१–६५ तौल समुहमा स्वर्ण पदक जितिन्।

सो समुहमा पाचँ नम्बर प्रदेशकी जानुका कणेँलले रजत तथा कर्णाली प्रदेशकी रमा रिजाल र श्वेता राइले काश्य पदक जिते। महिलाकै ६५–७० किलो तौल समुहमा आर्मीकी कामना पुनले स्वर्ण पदक जितेकी छन्। तीन नम्बर प्रदेशकी डोल्मा गुरुङले रजत तथा गण्डकी प्रदेशकी बसन्ती बुढाथोकी र प्रदेश नम्बर एककी मिक्की गुरुङले काश्य पदक जिते।

730

७० किलो माथि आर्मीकी कायम लीम्बुले स्वर्ण पदक जितेकी छिन्। गण्डकी प्रदेशकी निकिता तामाङले रजत तथा पाचँ नम्बर प्रदेशकी सृजना चौधरी र सात नम्बर प्रदेशकी सृजना सिजापतीले काश्य पदक जिते। पुरुषको ७६–८० किलो तौल समुहमा पाचँ नम्बर प्रदेशका साजन पञ्चभैयाले स्वर्ण, तीन नम्बर प्रदेशका सुजन पुलामी मगरले रजत तथा आर्मीका विजय सुनुवार र गण्डकी प्रदेशका राजन रसाइलीेले काश्य पदक जिते।

८० किलो भन्दा माथि आर्मीका चाउची डंगोलले स्वर्ण पदक जित्दा, गण्डकी प्रदेशका सुदिप आचार्यले रजत पदक जिते। तीन नम्बर प्रदेशका सागर बानीया र प्रदेश नम्बर दुइका शेर बहादुर सारु मगरले काश्य पदक जिते।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७