काठमाडौं महानगरका जनप्रतिनिधिलाई साढे ३३ लाखको लोगो, वडाध्यक्षलाई सात लाखको


११ बैशाख २०७६, बुधबार
Nepali Curancy Paisa

काठमाडौं, ११ बैसाख । आव ०७४–७५ मा काठमाडौं महानगरले पदाधिकारीका लागि साढे ३३ लाख रुपैयाँको लोगो खरिद गर्‍यो । महानगरपालिकाले मेयर, उपमेयर, वडाध्यक्ष तथा सदस्यसमेतलाई लोगो खरिद गरेको थियो ।

मेयर, उपमेयर र वडाध्यक्षलाई जनही ३२ हजार र वडा सदस्यलाई जनही १७ हजारमा लोगो खरिद गरेको थियो । महालेखाले त्यसलाई फजुल खर्च भनेको छ । यस्ता खर्चले भौतिक पूर्वाधार विकासमा असर पर्ने ठहर महालेखाको छ ।

‘आमजनताबाट निर्वाचित पदाधिकारी जनतासँगै रहँदा परिचयको वास्तविकता रहिरहने र लोगो लगाई थप परिचय दिन पर्ने आवश्यकता समेत रहँदैन,’ महालेखाले भनेको छ ।
निश्चित मापदण्ड र कानुनका आधारमा मात्र सरकारी निकायले खर्च गर्नुपर्छ । तर, कामपाले एउटै वडाध्यक्षका नाममा उपचार खर्च भनेर ६ लाख ७६ हजार खर्च गरेको छ ।

यति ठूलो रकमको भार सरकारी खर्च मापदण्डभित्र नपर्ने भन्दै महालेखाले प्रश्न उठाएको छ । स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐनमा स्थानीय तहका पदाधिकारी तथा सदस्यलाई निश्चित मासिक सुविधा दिने व्यवस्था छ ।

तर, आव ०७४–७५ मा महानगरले त्यस्तो कानुनविना नै उपचार खर्चका नाममा जनप्रतिनिधिलाई १७ लाख ५४ हजार वितरण गरेको छ । यस्तो खर्चलाई अनियमित भन्दै महालेखाले बेरुजु कायम गरेको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७