नेकपाका ५३ नेतालाई दोहोरो जिम्मेवारी, को-को हुन् ती नेता ?


११ बैशाख २०७६, बुधबार
Communist Party of Nepal united programme

काठमाडौं, ११ बैसाख । नेकपाका ७७ जिल्ला अध्यक्ष र सचिव बनाइएका १५४ जना नेतामध्ये ५३ जनाले दोहोरो जिम्मेवारी पाएका छन् ।

केही नेताले भने तेहेरो जिम्मेवारी पाएका छन् । प्रतिनिधिसभाका ११, राष्ट्रियसभाका १, प्रदेशसभाका २४ र स्थानीय तहका जनप्रतिनिधि ७ गरी ४३ जना नेताले जिल्ला अध्यक्ष र सचिवको जिम्मेवारी पाएका छनु् । यस्तै विभिन्न तहका थप जनप्रतिनिनि केन्द्र र जिल्लाको भूमिका छन् ।

नेकपाले पार्टी केन्द्रीय समितिकै १६ नेतालाई जिल्ला कमिटिको अध्यक्ष र सचिवको जिम्मा दिएको छ । सात केन्द्रीय सदस्य जिल्ला कमिटी अध्यक्ष भएका छन् भने ९ जना सचिव भएका छन् ।

नेताहरुलाई दोहोरो जिम्मेवारी दिएपछि नेकपाभित्र असन्तुष्टि बढेको छ । यस्तै कतिपयको पदीय जिम्मेवारी त्यागेको छ । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७