सबैभन्दा छिटो गोल गरेर साउथ ह्याम्पटनका शेनले रचे कीर्तिमान


११ बैशाख २०७६, बुधबार
gol 1

काठमाडौं, ११ बैसाख । इंङ्गलिस प्रिमियर लिग फुटबलको इतिहासमा सबैभन्दा छिटो गोलको कीर्तिमान बनेको छ ।

गए राति साउथह्याम्पटन र वाटफोर्डबीच भएको खेलमा साउथ ह्याम्पटनका लागि शेनले खेल शुरु भएको ७.६९ सेकेण्डमै गोल गरेका हुन । उनी प्रिमियर लिग फुटबलको इतिहासमा सबैभन्दा छिटो गोल गर्ने खेलाडी बनेका छन् ।

३२ वर्षका शेनले टोटनह्यामका डिफेन्डर लेड्ली किङ्गको कीर्तिमान भंग गरेका हुन् । किङ्गले १९ वर्षअघि अर्थात सन् २००० को डिसेम्बरमा ब्राडफोर्डिवद्धको खेलमा ९.८२ सेकेण्डमा गोल गरेका थिए ।

रेलिगेशनबाट जोगिन संघर्षरत साउथह्याम्पटनले लिग अन्तर्गत मंगलबार राति भएको खेलमा वाट्फोर्डसँग बराबरी खेलेको छ । अवे मैदानमा भएको खेलमा साउथह्याम्पटनले १–१ को बराबरी खेलेको हो । यो खेलमा साउथह्याम्पटनले खेलको पहिलो मिनेट र वाट्फोर्डले अन्तिम मिनेटमा गोल गरेका हुन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७