चितवनमा विक्रम पाण्डेको अग्रता , प्रचण्ड पछि परे (मतसहित)


२२ मंसिर २०७४, शुक्रबार
prachanda bikram

काठमाडौं: चितवनमा अहिले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना भईरहेको छ ।भरतपुरस्थित चितवन उच्च माविमा दिउँसो २ बजेदेखि मतगणना सुरु भएको हो । तिन वटै निर्वाचन क्षेत्रको फरक–फरक स्थानमा मतगणना भईरहेको छ ।prachanda bikram

सबैको चासोको केन्द्र बनेको चितवन निर्वाचन क्षेत्र नं.३ मा राप्रपा (प्रजातान्त्रिक)का उपाध्यक्ष विक्रम पाण्डेले अग्रता कायमै राख्नु भएको छ । १००० मत गणना हुँदा पाण्डेले ५५१ मत प्राप्त गरेकाे छ भने उनको निकटम प्रतिद्धन्द्धी वामगठबन्धनका उम्मेद्वार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३३१ मतका साथ पछ्याई रहनुभएको छ । पाण्डे भन्दा प्रचण्ड २२० मतले पछि परेकाे हाे ।

मूख्य निर्वाचन अधिकृतको कार्यालयले विहान ९ बजेदेखि नै मतगणना सुरु गर्ने भनेपनि विविध कारण देखाउँदै दिउँसोबाट मात्रै गणना सुरु भएको हो । चितवनका मूख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले पहिलो चरणमा प्रतिनिधि र प्रदेश सभा र दोस्रो चरणमा समानुपातिक तर्फको मतगणना गरिने जानकारी दिए।

मतगणनास्थल भरतपुरको चितवन माविमा आवश्यक सिसी क्यामेरा, इन्टरनेट तथा बत्तीको व्यवस्थापन गरिएको छ। चितवनमा करिब ७० प्रतिशत मतदान भएको छ । तीन निर्वाचन क्षेत्रमा तीन लाख ५४ हजार ३६ मतदाता थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७