अर्जुन रामपाल बिहे नगरी बाबु बन्दै, के हो कुरा ?


११ बैशाख २०७६, बुधबार
arjun rampal gabriella

काठमाडौं, ११ बैसाख । बलिउड अभिनेता अर्जुन रामपाल बिहे नगरी नै बाबु बन्ने भएका छन् ।
बलिउडमा अभिनेता वा अभिनेत्रीहरु विवाहभन्दा अगाडि नै माता–पिता बन्ने चलन निकै पुरानो हो ।

हालै बाहिरिएको खबरअनुसार, बलिउड अभिनेता अर्जुन रामपालकी गर्लफ्रेण्ड ग्याब्रिएला डेमेट्रिएडस आमा बन्दैछिन् । अर्जुनले गत वर्ष पत्नी मेहरसँग २० वर्ष लामो सम्बन्ध टुंग्याएका थिए । अब उनकी गर्लफ्रेण्ड विवाह अगाडि नै आमा बन्दैछिन् ।

डेमेट्रिएडसले अर्जुनसँगको एक तश्बिर सामाजिक सञ्जालमा सेयर गरेकी छन् । यसमा अर्जुन, ग्याब्रिएलाको निधारमा चुम्बन गर्दै देखिएका छन् । तश्बिरमा ग्याब्रिएलाको बेबी बम्प पनि देखिएको छ । उनले क्याप्सनमा लेखेकी छन्, ’तिमीहरु दुई साथ हुनुको खुशी महसुस गरिरहेको छु । अब तिमीलाई मिल्ने व्यग्र प्रतिक्षा छ ।’

अर्जुनले पनि आफ्नो इस्टाग्राममा ग्याब्रिएलासँगको एक प्रेमिल ‘ब्ल्याक एण्ड ह्वाइट’ तश्बिर साझेदार गरेका छन् । उनले तश्बिरसँगै क्याप्सनमा लेखेका छन्, ‘म भाग्यमानी हुँ कि, तिमी मलाई मिल्यौ र एक नयाँ शुरुवात भयो । धन्यवाद बेबी यो बेबीका लागि ।’ पूर्व पत्नी मेहरसँग टाढिए पनि अर्जुन छोरीसँग भने निकै नजिक छ ।

२००१ मा आएको फिल्म ’प्यार, इश्क और मोहब्बत’ बाट उनले बलिउडमा डेब्यू गरेका थिए । डेब्यूसँगै उनलाई अन्तर्राष्ट्रीय भारतीय फिल्म एकेडेमीबाट ’फेस अफ द ईयर’ को अवार्ड दिइएको थियो । २००७ मा शाहरुख खानको डबल रोल रहेको फिल्म ‘ओम शान्ति ओम’ मा उनले एक दमदार भिलेनको भूमिका निभाएका थिए । उनको पछिल्लो फिल्म ‘पल्टन’ हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७