सवारीधनीलाई कडाइ गर्दै सरकार, साउन १ देखि यूरो–४ मापदण्ड लागू गरिंदै


११ बैशाख २०७६, बुधबार
public gadi

काठमाडौं, ११ बैसाख । सरकारले नयाँ आर्थिक वर्षदेखि सवारीसाधनको प्रदूषण मापदण्ड स्तरोन्ती गर्ने भएको छ ।

सवारीसाधनले गर्ने प्रदूषण न्यूनिकरण गर्न २०६९ मा लागू भएको नेपाल सवारी प्रदूषण मापदण्ड–२०६९ स्तरोन्ती गरि नेपाल सवारी प्रदूषण मापदण्ड–२०७५ लागू गरिने भएको हो । युरो स्ट्याण्डर्डलाई नै आधार मानेर नेपाल सरकारले नेपाल सवारी प्रदूषण मापदण्ड तय गर्दै आएको छ ।

gadi 3

नेपालमा पहिलो पटक २०५६ सालमा सवारी आयातमा प्रदूषण मापदण्ड लागू भएको थियो । त्यसअघि नेपालमा सवारी आयात गर्न कुनै पनि वातावरणीय जाँच भएको हुनु पर्दैन थियो ।
२०५६ मा युरो–१ लागू भएको थियो । त्यसपछि युरो–२ लागू नभई नेपालले २०६९ मा युरो– (नेपाल सवारी प्रदूषण मापदण्ड(२०६९) लागू गरिएको थियो । २–३ वर्ष अघिदेखि नै प्रदूषण मापदण्ड स्तरोन्तीको कुरा उठेको थियो ।

तर चालू आर्थिक वर्षमा भने सरकारले स्तरोन्ती गरि कार्यान्वयमा गर्न कमिटी नै बनाएको थियो । उक्त कमिटिले प्रारम्भिक अध्ययन गरिसकेको जनाएको छ । सरोकारवालाहरुसँगको छलफलपछि मापदण्ड तय भएको हो । कमिटीका एक सदस्यका जानकारी दिएका छन् ।

वन तथा वातावरण मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको समन्वयमा पास गरी प्रक्रिया पूरा गरेर राजपत्रमा प्रकाशित गर्ने छ । राजपत्रमा प्रकाशित भएपश्चात नयाँ सवारी प्रदूषण मापदण्ड युरो–४ लागू हुने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७