‘जलपरी’ गौरिकाले जितिन् १२ स्वर्ण, कसको कति पदक ?


११ बैशाख २०७६, बुधबार
gaurika

बाँके, ११ बैसाख । पौडी खेलमा देखाएको प्रगतिका कारण प्रशंसकहरुबाट ‘जलपरी’ को उपमा पाएकी गौरिका सिंहले ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता तथा २१ औं राष्ट्रिय पौंडी प्रतियोगितामा १२ स्वर्ण पदक जित्न सफल भएकी छन् ।

नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी सिंहले प्रतियोगिताको अन्तिम दिन बुधबार नयाँ राष्ट्रिय कीर्तिमानसहित थप दुई स्वर्ण जित्दैं पदक संख्या १२ पुर्‍याएकी हुन् ।

gaurika singh

गौरिकाले बुधबार ५० मिटर फ्रिस्टाइलमा ००.२७.५९ मा निर्धारित दूरी पूरा गर्दै स्वर्ण जितिन् भने १०० मिटर ब्याकस्ट्रोकमा ०१.०७.२२ मा दूरी पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरिन् ।

यसअघि ५ औं राष्ट्रिय खेलकुदमा पौडी खेलाडी करिश्मा कार्कीले १२ स्वर्ण पदक जितेकी थिइन् ।
प्रतियोगितामा नेपाली सेना पहिलो भएको छ । कुल ३४ स्वर्ण पदकमध्ये आर्मीले २० स्वर्ण १३ रजत र ५ काँस्य पदकसहित प्रतियोगिताको उपाधि जितेको हो ।

यसैगरी नेपाल प्रहरीले ५ स्वर्ण, १३ रजत र ५ स्वर्ण जित्दै दोश्रो भएको छ । एनआरएनएले ५ स्वर्ण १ रजत र १ काँस्य पदक जित्दै तेश्रो भएको छ । एपीएफले ४ स्वर्ण जितेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७