डीएसपीको थमौती भएकै हो ?


११ बैशाख २०७६, बुधबार
DN Gyawali Police DSP

काठमाडौं, ११ बैशाख । इलाका प्रहरी कार्यालय टाँडीका डीएसपी दयानिधि ज्ञवालीलाई प्रहरी प्रधान कार्यालयले २०७५ चैत २१ मा काजसरुवा गरेको थियो ।

टाँडीमा जुवा अखाडा संचालन गरी लाभ लिनेदेखि सौराहाका होटलहरुबाट घुस असुली गरेको गुनासोपछि उनलाई तानिएको थियो । तर काजसरुवा गरेको १७ दिनसम्म पनि उनी टाँडीमै पूर्ववत अवस्थामा काम गर्दैआएका छन् । रमाना बुझेका छैनन् ।

ज्ञवालीले रमाना नबुझेसम्म टाँडीमा सरुवा भएका डीएसपी सन्तोष आचार्य हाजिर हुन जान सकेका छैनन् । डीएसपी ज्ञवालीले नेकपाका नेताहरुको भिटो प्रयोग गरी सरुवा रोकेको स्रोतले बताएको छ ।

स्रोतका अनुसार नेकपाका शीर्ष एक नेताका अलावा उनले नेकपा अध्यक्ष पुष्पकमल दाहालका भाइ नारायण दाहालमार्फत् आइजीपी सर्वेन्द्र खनाललाई दबाब दिएर सरुवा रोकाउँदैआएका छन् । सौराहाका होटलहरुबाट कलेक्सन गरी उनले ठाउँ ठाउँमा प्रबन्ध पनि गरिसकेका छन् ।

आइजीपी चैत अन्तिममा चितवन गएको बेला उनले अनुनय विनय गरेर खुसी पारेपछि उनी ढुक्कका साथ काम गरिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७