जेबी टुहुरेको एकल सांगीतिक साँझ


१२ बैशाख २०७६, बिहीबार
dd 1


काठमाडौं, १२ वैशाख । आउँदो वैशाख १३ गते जनगायक जेबी टुहुरेको एकल सांगीतिक प्रस्तुति २०७६ आयोजना हुने भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा दिउँसो साढे चार बजे आयोजना हुने कार्यक्रममा जनगायकको उपमा पाएका टुहुरेले आफ्नो छानिएका १४ वटा गीत गाउने छन् ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लगायतको उपस्थिति रहने छ । वि.सं. २०२४ सालदेखि सांगीतिक क्षेत्रमा प्रवेश गरेका टुहुरेले १ सय ५० भन्दा बढी गीत रेकर्ड गराएका छन् । ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैं प्यासी बनेर’ बोलको गीत उनले २०३४ सालदेखि अहिलेसम्म गाउँदै आएको सबैभन्दा चर्चित गीत हो ।

सुनसरीको धरान घर भएका जेबी टुहुरेको वास्तविक नाम जुठबहादुर खड्गी हो । उनी दोस्रो संविधानसभामा तत्कालीन एनेकपा माओवादीबाट समानुपातिक सांसद समेत बनेका थिए । जेबि टुहुरेको एकल साँझमा ‘जेबी टुहुरे’ फाउण्डेसन पनि घोषणा गरिनेछ । फाउण्डेसनले जनवादी गीत संगीतको प्रवर्धन तथा राष्ट्र सेवा, मानव सेवा र समाज सेवाका क्षेत्रमा काम गर्ने अध्यक्ष निर्भिका टुहुरेले बताइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७