भूकम्प स्मृतिकै दिन पुनर्निर्माण प्राधिकरणका इन्जिनियरले दिए सामुहिक राजीनामा


१२ बैशाख २०७६, बिहीबार
earthquake bhukampa

काठमाडौं, १२ बैसाख । भूकम्पपछिको पुनर्निर्माणको काम अझै धेरै रहिरहेका बेला राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियरहरुले आज (बिहीबार) सामुहिक राजीनामा दिएका छन् ।

भूकम्पपछिको पुनर्निर्माणमा जुटेका इन्जिनियरहरुले भत्तालगायतका सेवा सुविधा उपलब्ध गराउनुपर्ने आफूहरुको माग सरकारले सुनुवाई नगरेको भन्दै सामुहिक राजीनामा दिएको घोषणा गरेका हुन् ।

४ वर्षअघि विनाशकारी भूकम्प गएको स्मृतिमा बिहीबार देशभर विभिन्न कार्यक्रम भईरहँदा पुनर्निर्माणमा जुटेका इन्जिनियरहरुले भने सरकारले आफूहरुको माग सुनुवाई नगरेको भन्दै काठमाडौंमा पत्रकार सम्मेलन गरी सामूहिक राजीनामा दिएको जानकारी गराएका हुन् ।

puna nirman

भत्तालगायतका सेवा सुविधा उपलब्ध गराउन गर्दै आएको माग नौं महिनासम्म पनि सरकारले सुनुवाई नगरेपछि ३२ जिल्लामा पुनर्निर्माणमा जुटेका इन्निनियरहरु सामुहिक राजीनामा दिन बाध्य हुनुपरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हक हित संरक्षण समितिका अध्यक्ष अविनाश अमरले जानकारी दिए ।

प्राधिकरणका इन्जिनियरहरुले विगत नौं महिनायता कटौती गरिएको भत्तालगायतका सेवा, सुविधा उपलब्ध गराउन सरकारसँग माग गर्दै आन्दोलन गर्दै आएका थिए । तर त्यसको सुनुवाई नभएपछि बाध्य भएर राजीनामा दिनु परेको समितिका अध्यक्ष अमरले बताएका छन् ।

समितिले आफूहरुको माग सरकारले सम्बोधन गरे पुनर्निर्माणको काममा पुन: फर्कने प्रतिवद्धता पनि जनाएको छ । भत्तालगायतको सेवा, सुविधा उपलब्ध गराउन माग गर्दै पुनर्निर्माणमा खटिएका करिव १ हजार ५ सय इन्जिनियरहरुले गत फागुन २५ गतेबाट आन्दोलन शुरु गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७