रिना बस्न्यात हत्या प्रकरण : यस्तो आयो पोष्टमार्टम रिपोर्ट, प्रेमी कमलसहित दर्जन बढीसँग सोधपुछ


१२ बैशाख २०७६, बिहीबार
rina 1

मोरङ, १२ बैसाख । मोरङको पत्थरीमा नग्न अवस्थामा आफ्नै डेरा अगाडि मृत्त फेला परेकी रिना बस्नेत मृत्यु प्रकरणप्रति अहिले सबैको चासो छ । रिनाको मृत्यु आत्महत्या हो कि हत्या हो भन्ने शंका, आशंका र अनुमान चलिरहेका बेला मृत्तक रिनाको पोष्टमार्टम रिपोर्ट आएको छ ।

मृतक रिनाको पोष्टमार्टमको प्रारम्भिक रिपोर्टमा बलात्कार नभएको पाइएको डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिएका छन् । शवको पोष्टमार्टम विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थियो । प्रतिष्ठानबाट प्राप्त प्रारम्भिक पोष्टमार्टम रिपोर्टमा रिनालाई बलात्कार गरेको पुष्टि नभएको श्रेष्ठले बताएका छन् । उनका अनुसार प्रहरी नायव उपरीक्षक नवराज ढुङ्गानाको टोलीले घटनाको विभिन्न कोणबाट सुक्ष्म अनुसन्धान गरिरहेको छ ।

पथरी शनिश्चरे–१ त्रिवेणी चोकमा डेरा गरी बस्ने बस्नेतको मृत्यु प्रकरणमा प्रहरीले छानविन तीब्र बनाएको छ । अहिलेसम्म प्रहरीले एक दर्जन बढी शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको जानकारी दिएको छ । तर, मृतकका प्रेमी भनिएका सुन्दर हरैचाका कमल नेपाललाई प्रहरीले नियन्त्रणमै राखेको छ ।

pathari 1

उनले रिनासँग चिनजान, भेटघाट र घुमफिर भएको स्वीकार गरे पनि आफूले उनको हत्या नगरेको दाबी गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले बताएका छन् । नेपालको बयान चित्तबुझ्दो नभएका कारण उनलाई प्रहरीले नियन्त्रणमै राखेको श्रेष्ठले बताए ।

वैशाख ६ गते राति पथरीको प्रस्तावित रङ्गशालामा सञ्चालन भएको कन्सर्ट हेरेर १३ वर्षीय छोरा साइमनसँगै ११ बजे कोठा फर्किएकी बस्नेत ७ गते बिहान आफ्नै कोठा अगाडि बाटोमा निर्वस्त्र रुपमा मृत अवस्थामा फेला परेकी थिइन् । टाउकोमा चोट लागेको अवस्थामा घोप्टो परेको शव बिहान स्थानीयले सडकमा देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

नगरमा श्रृंखलावद्ध आपराधिक घटना भएपनि दाषीलाई प्रहरीले नियन्त्रण नगरेको भन्दै स्थानीयवासीले गत सोमबार र मंगलबार नगर क्षेत्रमा प्रदर्शन गर्दै इप्रका पथरी घेराउ गरेपछि मोरङ प्रहरीले डिएसपी नवराज ढुङ्गानाको नेतृत्वमा अनुसन्धान तीब्र बनाएको छ । आक्रोशित स्थानीयले इप्रका घेराउ गर्दै स्थानीय उद्योग वाणिज्य कार्यालयमा ताला लगाएर यातायात अवरुद्ध गरेपछि प्रहरीले तीन राउण्ड हवाई फायर र केही सेल अश्रु ग्याँस प्रहार गरेको थियो ।

घटनापछि प्रदर्शनकारीका प्रतिनिधि, पथरी नगरप्रमुख दीलिपकुमार राई र प्रहरी प्रशासन प्रतिनिधिबीच डिएसपी ढुङ्गानाको टोलीले घटनाको सुक्ष्म अनुसन्धान गरी अपराधी पत्ता लगाउने र कानूनी कार्बाही गर्ने सहमति भएपछि प्रदर्शनकारीले आन्दोलन फिर्ता लिएका थिए ।

यसअघि नगरको पथरी बजारमा सञ्चालित सिक्का बारमा आएका पथरीशनिश्चरे ७ का २७ वर्षीय षड्राज तामाङको पनि यस्तै प्रकारको रहस्यमय मृत्यु भएको थियो । तामाङको पनि टाउकोमा चोट लागेको र घोप्टो परेको अवस्थामा राति सडकमा शव फेला परेको थियो ।

त्यसअघि सुस्त मनस्थितिकी रमा बरालको पथरी बजार क्षेत्रको पिपलबोट चोकमा शव फेला परेको थियो । बजारको पश्चिममा रहेको श्रीजंघा वनमा पथरीशनिश्चरे १ पथरी बजारका २५ वर्षीय गोविन्द दर्नालको पनि हत्या भएको थियो ।

त्यही स्थानमा अर्का एक अज्ञात व्यक्तिको पनि हत्या भएको थियो । ती घटनामा संलग्न कसैलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन। त्यस्तै नगरको जिरिखिम्ती टोलभन्दा पश्चिम उत्तरको जंगलमा झापाकी एक महिलाको शव फेला परेको थियो ।

त्यसअघि पथरी प्रहरीकै कार्यक्षेत्रभित्र कानेपोखरी जंगलमा भारतीय एक महिलाको शव पनि हत्या गरेको अवस्थामा फेला परे पनि अहिलेसम्म शंकास्पद व्यक्ति कोही पनि पक्राउ नपर्दा स्थानीय आक्रोशित भएर सडकमा उत्रिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७